Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ सय वकिलद्वारा सामुहिक राजीनामा

काठमाडौं, २७ माघ । सरकारले केही दिन अघि मात्रै न्यायाधीश नियुक्ति गरेको थियो । उक्त न्यायाधिस नियूक्तिको बिषयलाई लिएर अहिले पनि विवाध चर्किरहेको छ ।

आज मात्रै न्यायाधीस नियूक्तिको बिषयलाई लिएर दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपालबार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् ।

वकिलहरूले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् । नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुक वकिलहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएका छन् ।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्