Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइपिएलमा सुरूको मुल्य २ करोड राख्ने खेलाडीहरू

एजेन्सी, नयाँ दिल्ली  । १०औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सबैभन्दा धेरै २ करोड सुरूको मूल्य ७ जना खेलाडीले राखेका छन् ।

आगामी २० फेब्रुअरी मा हुने आइपिएलको अक्सनका लागि संसारभरका खेलाडीहरू मध्ये उनीहरूले सर्वाधिक सुरू मूल्य राखेका हुन् ।

जसमा इंग्ल्याण्डका इओन मोर्गन, बेन स्टोक्स र क्रिस वोक्स, अस्ट्रेलियाका मिशेल जोनसन र पेट कमिन्स, भारतका इशान्त शर्मा, श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युज छन् । यस्तै १ करोड ५० लाख आधार मूल्य राख्ने ६ जना खेलाडीहरू छन् ।

जसमा इंग्ल्याण्डका जानी बेयरस्ट्रा, न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र वेस्टइण्डिजका जेसन होल्डर छन्। यस्तै अष्ट्रेलियाका नाथन लियोन, ब्रैड हाडिन र दक्षिण अफ्रिकाका काइल अबोट छन् ।

शुरूआती रोस्टरमा भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, श्रीलंका र वेस्टइण्डिजका ६३९ समेत गरी जम्मा ७९९ खेलाडी अक्सनमा सामेल छन् । बंगलादेश र पाकिस्तान बाहेक आठ देशका अन्तर्राष्ट्रिय १६० जना खेलाडीहरू यसमा सामेल छन् ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्