Logo
२१ मंसिर २०७९, बुधबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईजीपी बढुवाको विषयमा देउवा र निधिबीच विवाद

काठमाडौं, माघ २६  । कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने विषयलाई लिएर चर्को विवाद भएको छ । कांग्रेस संसदीय दलमा केही दिनअघि आईजीपी कसलाई बनाउने भन्ने विषयमा पार्टी पदाधिकारी र गुहमन्त्रीबीच बैठक समेत भएको थियो ।

स्रोतका अनुसार सभापति देउवा तेस्रो बरीयातमा रहेका प्रहरी नायव महानिरीक्षक (डीआइजी)जयबहादुर चन्दलाई आईजीपी बनाउने कसरतमा छनभने गृहमन्त्री निधि डीआइजी नवराज सिलवालको पक्षमा छन् । कान्तिपुरमा समाचार छ ।  बैठकमा देउवा र निधिबीच चर्काचर्कीसमेत भएको स्रोतले जनायो ।

देउवाले सुदूरपश्चिमका चन्दलाई बनाउन बारम्बार दवाव दिएपछि गृहमन्त्री निधिले सरकारको कामकारवाहीमा हस्तक्षेप नगर्न आग्रह गर्दै आएका छन् । तर, देउवाले चन्दलाई आईजीपी नबनाउने होभने पद छाड्न भन्दै निधिलाई दवाव दिँदै आएको स्रोतले बतायो । सुदुपश्चिमका सांसद तथा पार्टीका नेताहरुले पनि चन्दलाई आईजीपी बनाउन गृहमन्त्रीलाई भेटेरै बारम्बार लबिङ गर्न थालेपछि गृहमन्त्री निधि पार्टी सभापतिसँग आक्रोशित बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालपनि गृहमन्त्रीकै पक्षमा छन् ।

पहिलो बरीयातमै रहेकालाई आईजीपी बनाउँदा आलोचना खेप्न नपर्ने भन्दै प्रधानमन्त्री र गृहमन्त्री सिलवालको पक्षमा देखिएका हुन् । आईजीपी बनाउने बिषयलाई लिएर बढेको विवादका कारण गृहमन्त्री निधि पार्टी सभापति देउवाको निवाससमेत जान छाडेका छन् ।आईजीपी बनाउने बिषयमा सभापति र गृहमन्त्री बीच विवाद बढेपछि विकल्पमा देउवा पक्षकै एक थरी नेताहरुले चौथो बरियातमा रहेका बमवहादुर भण्डारीलाई बनाउन सुझाएका छन् ।

‘सभापति र गृहमन्त्री दुवैले हारेकोस्थिति बन्न भएन भन्ने हाम्रो भनाई हो,’ दुई नेताबीचको विवाद मिलाउन जुटेका कांग्रेसका एक नेता भन्छन्, ‘यो विवाद बढ्दै जाँदा पार्टीभित्रै समस्या आउने देखिएको छ ।’ हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी यही फागुन तीन गते सकिंदैछ ।

महानिरीक्षक चयनको किचलोकै कारण पदावधी सकिनुभन्दा एक महिना अघि नै महानिरीक्षक बिदामा बस्ने चलन समेत तोडिएको छ ।महानिरिक्षक उपेन्द्रकान्त अर्यालले समयमै नयाँ महानिरीक्षक चयनका लागि बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसँग आग्रह गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्