Logo
२७ असार २०८२, शुक्रबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाकिमलाई ‘स्यालुट’ नगरेपछि कुटिए हवल्दार

प्यूठान, माघ २६,। स्यालुट नगरेको भन्दै ट्राफिक प्रहरी हवल्दार आफ्नै ‘हामिक’ बाट कुटिएका छन् । डीएसपी रञ्जितसिंह राठौरले कुटपिट गरेको हवल्दार त्रिचन्द्रबहादुर डीसीले बताए ।

सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला प्रहरी प्रमुख डीएसपी राठौर, राष्ट्रिय अनुसन्धानका डीएसपी शेरचनबहादुर चन्द र स्थानीय विकास अधिकारी इन्द्रप्रसाद बस्याल चेरनेटाबाट प्रशासनको गाडीमा आउँदै गर्दा सवारी जाँचमा बसेका डीसीले अभिवादन नगरेको आरोपमा कुटपिटमा परेका हुन् ।

बेलुका इलाका प्रहरी कार्यालय बिजुवारको गाडीमा लगेर जिल्ला प्रहरी कार्यालयमा हत्कडी लगाई कुटपिट गरेको उनको गुनासो छ ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्