Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा २१ अंकको गिरावट, १२ सय नजिक – तालिका सहित

काठमाडौं, २६ माघ । नेप्से १२ सय अंकको नजिक  पुुगेको छ । आज नेप्से २१ दसमलव ६२ अंकले घटेर १३ सय २२ दसमलव ९८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि चार दसमलव ७६ अंकले घटेर दुुई सय ८७ दसमलव १९ अंकमा कायम रहेको छ ।

कुुल एक सय ३७ कम्पनीहरुको चार हजार छ सय ६८ वटा कारोवारमा १० लाख १८ हजार छ सय दुुई कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड ५७ लाख १७ हजार नौ सय ४० रुपैयाँ पुुगेको छ ।

आज सबैगरी सात वटा समुहको कारोवार भएकोमा सबैको कारोवार घटेपछि नेप्से पुरै रातो भएको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक एकसय ७९ दसमलव नौ अंकले घटेर पाँच हजार छ सय पाँच दसमलव पाँच अंकमा कायम रहेकोमा सात करोड एक लाख ७६ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचकब ४४ दसमलव ३९ अंंकले घटेर १६ सय ४१ दसमलव ३९ अंकमा कायम रहेकोमा २१ लाख ४७ हजार छ सय ३० रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक २० दसमलव ६४ अंकले घटेर १४ सय आठ दसमलव ३६ अंकमा कायम रहेकोमा तीन करोड ७४ लाख ३९ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

यसैगरी बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव ५९ अंकले घटेर १२ सय ७२ दसमलव ८१ अंकमा कायम रहेकोमा १८ करोड ८९ लाख ५५ हजार रुपैयाँको कारोवार भएको छ ।

आज जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि उच्च अंकले घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा महालक्ष्मी बिकास बैंक परेको छ भने गुुमाउने कम्पनीको सुचीमा शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज प्रभुु बैंक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य बढेको मुल्य
महालक्ष्मी बिकास बैंक      २४५ ५.६०
माउन्ट मकालुु डे. बैंक     ७१५ २.४४
न्यादी ग्रुुप पावर लिमिटेड   २७१    २.२६
निर्धन उत्थान बैंक      १२३४ १.९८
प्रोग्रेसिभ फाईनान्स    १६९   १.८१

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
१  शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी     ५२५  ६.४१
२  लक्ष्मी लघुुबित्त बित्तीय संंस्था      ८८२ ५.९७
लाईफ इन्स्योरेन्स कर्पोरेसन     २०००  ५.६६
हिमालयन जरनल इन्स्योरेन्स      ९७७ ५.६०
५  तिनाउ बिकास बैंक       ३३७ ५.६०

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम    कारोवार भएको रकम अन्तिम मुल्य
प्रभुु बैंक      २५०७८०१७ २९७
एभरेष्ट बैंक      २०१५३१९४ १६९८
स्टान्र्डड चार्टड बैंक     १६३०७१६२ १९६७
४  नेपाल लाईफ इन्स्योेरेन्स  १३५२०९७५   २२५३
५  नेपाल इन्भेष्टमेन्ट बैंक     १२८७४८०८ ६७०

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्