Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन अपराध : १० र ६ कक्षामा पढ्ने केटाकेटीको चर्तिकला

सिन्धुपाल्चोक, २६ माघ । ‘म कक्षा १० मा पढ्छु । केटी ६ कक्षामा पढछिन् । स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् । मलाई किन नामर्द भनेको हो थाहा छैन । तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो । त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरे ।’ 

एक किशोरीमाथि बलात्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालयमा चर्चाको विषय बनेको छ । एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलात्कारमा पुगेर टुंगियो । केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुनःस्थापना केन्द्रमा ।

प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन् । भूकम्पले दुवैको घर ढल्यो । गाउँमा बस्न नसक्ने भएपछि उनीहरू सपरिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए । पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन् । पीडक १५ वर्षका मात्र छन् । उनी ६ कक्षामा अध्ययनरत छात्र हुन् ।

घटना एक महिनाअघिको हो । १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कंदै गर्दा पीडित छात्र गौंडा ढुकेर बसिरहेका थिए । छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरे ।

घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ ग-यो । ‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने । उनका अनुसार केटीले जिस्काएकै कारण बलात्कारको घटना भएको हो । प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

बन्धक बनाएर बलात्कार

सदरमुकामनजिकैको बतासेमा एक युवकले बन्धक बनाएर युवती बलात्कार गरेको खुलेको छ । ६ दिनसम्म कोठामा बन्धक बनाएर एक युवाले युवतीलाई जबर्जस्ती बलात्कार गरेको प्रहरी दाबी छ । घटना दुई महिना अघिको हो । ३१ वर्षीया मंगले तामाङले ‘नवलपुर क’ (परिवर्तित नाम) लाई ६ दिनसम्म आफ्नै कोठामा थुनेर पटकपटक बलात्कार गरेको प्रहरीको दाबी छ ।

एउटा सन्तानका बाबु मंगलेले श्रीमतीले छाडेपछि यौन प्यास मेटाउन बन्धक बनाएको प्रहरीलाई बताएका छन् । यौन प्यास मेटाउन उनले २१ वर्षीया एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई पक्राउ गरेर अदालत बुझाएपछि हाल उनी अदालतको आदेशले थुनामा छन् । पीडक युवाले सहमतिमै सम्बन्ध राखेको दाबी गरे पनि पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनीमाथि मुद्दा चलाएको हो ।

दुई महिनाको बीचमा बलात्कार अपराधको शृंखला यतिमा मात्रै रोकिएन । भाइले नै दिदीलाई जबर्जस्ती गर्न खोजे । घटना १८ माघको हो । भाइ घरमा पुग्दा दिदी बदाम गोडिरहेकी थिइन् । भाइ आएको देखेर दिदीले खुसी हुँदै खाजा बनाइदिने प्रस्ताव गरिन् ।

तर, भाइले खाजा नखाने बरु बेलुकी खाना खाने प्रस्ताव गरे । बेलुकी खानाअघि भाइले मादक पदार्थ सेवन गरे । नसाको सुरमा रहेका भाइले राति एक्कासी आएर दिदीलाई जबर्जस्ती गर्न खोजे । प्रहरीका अनुसार पटकपटक जबर्जस्ती प्रयासपछि दिदीले प्रतिकार गरिन् । गाउँले भेला भएपछि भाइ फरार भए । दिदीकै उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।

भूकम्पपछि मात्रै जिल्ला प्रहरी कार्यालयमा जबर्जस्तीका घटना दर्जन बढी आएका छन् । आफन्तले नै जबर्जस्ती गरेका घटनाहरू धेरै आउने गरेको प्रहरीको भनाइ छ । अस्थायी टहरामा बसिरहेको अवस्थामा धेरै महिला असुरक्षित हुने गरेका छन् ।

वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएका महिलाहरू बढी यस्ता घटनाको सिकार हुने गरेको प्रहरीको भनाइ छ । टेलिभिजन र सामाजिक सञ्जाल कारण पनि यस्ता घटना हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्