Logo
१५ बैशाख २०८१, शनिबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्ड’ नेतृत्वको सरकारले यसपटक प्रजातन्त्र दिवस मनाउने

काठमाडौं, २५ माघ ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसपटक प्रजातन्त्र दिवस मनाउने भएको छ । यसअघि गठन भएका माओवादी सरकारले प्रजातन्त्र दिवसलाई उपेक्षा गर्दै आएका थिए ।  यसपटक फागुन ७ मा शनिवार परेकोले सरकारले सार्वजनिक विदा घोषणा नगरिएपनि प्रजातन्त्र दिवस मनाउन सरकारले तयारी थालेको छ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा मंगलवार बस्दैछ ।

फागुन ७ को प्रजातन्त्र दिवस, वैशाख ११ को लोकतन्त्र दिवस या जेठ १५ को गणतन्त्र दिवसमध्ये एउटा मात्र मनाउने विषयमा विगतका सरकारले छलफल गरेका थिए । विसं २००७ सालमा प्रजातन्त्र स्थापना भएको अवसरमा फागुन ७ मा प्रजातन्त्र दिवस मनाउने गरिएको छ । ‘विगतको गल्ती सच्याउन सरकारले यसपटक प्रजातन्त्र दिवस मनाउने तयारी गरेको हो,’ खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले भने । २०६२/६३ सालको जनआन्दोलन सफल भएको दिन वैशाख ११ लाई लोकतन्त्र दिवस मनाउने निर्णय भएसँगै प्रजातन्त्र दिवस छायाँमा पर्दै आएको छ ।

विसं २०६८ सालमा माओवादीका तर्फबाट डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा फागुन ७ को प्रजातन्त्र दिवस मनाइएको थिएन । सरकारले प्रजातन्त्र दिवसको अवमूल्यन गरेकोले प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको थियो । राप्रपा नेपाल लगायतका दलले पनि संसदमा यसको विरोध जनाएका थिए । #फाइल तस्विर

 

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्