Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आप्रवासी प्रतिबन्ध राष्ट्रपतिको अधिकार: ट्रम्प


बीबीसी, अमेरिकाका न्याय मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासी प्रतिबन्धलाई सही बताउँदै अदालतबाट यसलाई राष्ट्रिय हितमा पुनः लागु गर्न आग्रह गरेको छ ।

उनले अदालतमा आफ्नो औपचारिक तर्कमा प्रतिबन्ध लगाउनु राष्ट्रपतिको अधिकारमा पर्ने र एक अदालतले यसको पालनामा रोक लगाउनु गलत भएको बताएका छन् ।

सान फ्रान्सिस्कोस्थित एक संघीय अपिल अदालतले आप्रवासी प्रतिबन्धमाथि मंगलबार सुनुवाई हुने जानकारी दिएको छ । अमेरिकाको दुई राज्य, वासिङ्टन र मिनेसोटाले यस्तो प्रतिबन्ध लागु गर्दा अव्यवस्था फैलने बताउँदै आएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी २५ तारिखमा एक कार्यकारी आदेश जारी गर्दै सात मुश्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाइदिएको थियो ।

प्रकाशित मिति: Feb 7, 2017

प्रतिक्रिया दिनुहोस्