Logo
७ बैशाख २०८१, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सहमति अनुसार प्रचण्डले बैशाख १ गते सत्ता छाड्नुपर्छ’

काठमाडौं २४ माघ । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले अब चुनाव गराउन नसक्ने भए बैशाख १ गते नै पुष्पकमल दाहाल प्रचण्डले सत्ता छाड्नुपर्ने बताएका छन् । उनले कांग्रेसको सहमति अनुसार तत्काल निर्वाचनको मिति घोषणा गरेर बेशाखमा नै निर्वाचन गर्ने या बेशाखमा सत्ता छाड्ने दुईमध्ये एउटा गर्नुपर्ने तर्क गरे ।

उनले निर्वाचन गर्नेमा कांग्रेस सभापतिको भूमिका पनि कमजोर देखिएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासगग् कुराकानी गर्दै कोइरालाले सरकारको काम हेर्दा जेठमा पनि चुनाव सम्भव नेदेखिएको बताए । ‘सरकारले बैशाख मसान्त् जेठ पहिलो हप्ता चुनाव भनेको छ तर दिमागमा कात्तिकमा प्रतिनीधि सभाको चुनाव मात्रै छ ’ उनले भने, ‘निर्वाचन आयोगले भनेको मुख्य कुरा नदिईकन कसरी चुनाव होला ? स्थानिय तहको सीमा र थ्रेसहोल्ड त सहमति भएकै छैन । ’

संविधान संशोधन विधेयक पारित भए या नभएपनि चुनावमा जानुपर्ने उनले बताए । मधेसी मोर्चालाई सहमतिमा लिएर अघि बढ्नुपर्ने प्रस्ताव फेल भएप्नि चुनावमा जानुपर्ने उनको भनाई छ । ‘देशको राजनीतिमा नैतिकता चाहिन्छ, यदी नैतिकतामा छ भने लिखित सहमति अनुसार अधि बढ्नुपर्छ । त्यसमा निम्ति अब प्रचण्डका अगाडी फागुन र चैत मात्रे बाँकी छन् । ’ कोइरालले भने ।

अहिले कांग्रैस सभापतिले एमाले मधेसी मोर्चा र सत्ताको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डलाई कडाई गरेर मसुन्वयात्मक रुपमा लैजान सक्नुपर्ने बताए । कोइरालाले एमाले र मोर्चा दुइ६ै अप्रजातान्त्रिक भएको पनि दावी गरे । ‘मधेशवादी दलले संशोधन नभए संविधान मान्दैनौ भनिरहेको छ, एमाले पार्टीले कुनै पनि हालतमा गृहकार्य गर्न दिदैनौँ भनिरहेको छ । यी दुवै शक्तिले अलोकतान्त्रिक बाटो अपनाइरहेका छन् ।

संसदीय व्यबस्थामा जुन–जुन मान्य नियम छ त्यो आधारमा अघि जानुपर्छ ।’ कोइरालाले भने । ‘एमाले पार्टीको उग्र राष्ट्रवाद र मधेशवादी दलका नेताहरूको उग्र मधेशवादको कारण देश विखण्डनमा जाने देखेको छु । कुनैपनि बेला सफ्ट कू हुन सक्छ । ’ अब जेठको पहिलो हप्ता स्थानिय तहको चुनाव र कार्तिकको अन्तिम वा मंसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने उनले सुझाव दिए । कांग्रेस केन्द्रीय समिति बैठक बस्न नसकेकोमा पनि उनले आपत्ति जनाए ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्