Logo
१५ चैत्र २०८०, बिहीबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से निरन्तर ओरालो तर्फ, १५ दसमलव ६६ अंकले घटेपछि २३ करोडको कारोवार – तालिकासहित

काठमाडौं, २४ माघ । नेप्से निरन्तर ओरालोतर्फ उन्मुुख भएको छ । लगातार घट्दै आएको नेप्से आज साताको दोस्रो कारोवार दिन सोमबार पनि सुचक तथा कारोवार रकम दुुबै नै घटेको छ । नेप्से आज १५ दसमलव ६६ अंकले घटेर १३ सय ४८ दसमलव ८४ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ३३ अंकले घटेर दुुई सय ९२ दसमलव ९९ अंकमा कायम रहेको छ ।

आज कुुल एक सय ३४ कम्पनीहरुको तीन हजार ९४ वटा कारोवारमा छ लाख २७ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम २३ करोड ६१ लाख ५१ हजार सात सय ४१ रुपैयाँ पुुगेको छ । नेप्सेमा आज सात वटा समुहको कारोवार भएकोमा अन्य समुहको कारोवार सामान्य अंकले बढेर बाँकी समुहको कारोवार घटेको छ ।

उच्च अंकले घटेको बीमा समुहको सुचक एक सय २४ दसमलव तीन अंकले घटेर पाँच हजार आठ सय सात दसमलव ७० अंकमा कायम रहेकोमा तीन करोड ८७ लाख ८८ हजार चार सय रुपैयाँको कारोवार भएको छ । होटल समुहको सुचक ४८ दसमलव ९४ अंंकले घटेर १७ सय २७ दसमलव ३० अंकमा कायम रहेकोमा १५ लाख ४६ हजार दुुई सय २० रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक पनि आज १५ दसमलव ९६ अंंकले घटेर १२ सय ९६ दसमलव ५५ अंकमा कायम रहेकोमा ११ करोड ४१ लाख ११ हजार रुपैयाँको कारोवार भएकोे छ । यसैगरी बिकास बैंक समुहको सुचक १४ दसमलव १३ अंंकले घटेर १४ सय ३२ दसमलव ३६ अंंकमा कायम रहेकोमा चार करोड २१ लाख ८६ हजार सात सय रुपैयाँको कारोवार भएको छ ।

आज अन्य समुुहको सुचक एक दसमलव ७४ अंंकले बढेको छ भने फाईनान्स र जलबिद्युुत समुुहको सुचक पनि उच्च अंकले घटेको छ । बढी कमाउने कम्पनीको सुचीमा आज मञ्जुश्री फाईनान्स परेको छ भने गुुमाउने कम्पनीको सुचीमा युनाईटेड फाईनान्स अग्रस्थानमा परेको छ । यसैगरी रकम कारोवारको आधारमा भने आज प्रभुु बैंक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य    बढेको मुल्य
मञ्जुुश्री फाईनान्स      १६२ ३.८५
महालक्ष्मी बिकास बैंक    २३४  ३.५४
जेबिल्स फाईनान्स      १७८ ३.४९
लुम्बिनी फाईनान्स    २४१   ३.४३
५  महिला सहयात्रा बित्तीय संस्था    ७०१  १.८९

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य  घटेको मुल्य
युुनाईटेड फाईनान्स      २४० ९.०९
फष्र्ट माईक्रो फाईनान्स    ८०९   ७.६४
३  रिलायवल माईक्रो फाईनान्स      १०३७ ६.३३
भार्गभ बिकास बैंक     ३२६  ५.२३
अल्पाईन डेभलपमेन्ट बैंक    २७५   ५.१७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम  कारोवार भएको रकम  अन्तिम मुल्य
प्रभुु बैंक      १३५६७०६१ ३०१
डिप्रोक्स लघुबित्त बिकास बैंक ११५५८८२२   २१२०
नेपाल बंगलादेश बैंक     १०७५७८६४ ६४५
४  नेपाल ईन्भेष्टमेन्ट बैंक     ८९०९७७० ६७५
५  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी   ७१४४९८३ २२८५

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्