Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस, आर्इजीपीका प्रतिस्पर्धीहरूको जन्मकुण्डली !

काठमाडौं । देशले आगामी फागुन ३ गतेदेखि दुवै प्रहरी संगठनमा नयाँ नेतृत्व पाउँदैछ । सरकारले यो समाचार लेखुन्जेलसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुखमा को बनाउने भन्ने आधिकारिक निर्णय गरिसकेको अवस्था छैन । नेपाल प्रहरीमा आर्इजीपी र उनका सहकर्मी एआर्इजीहरू एउटै व्याचका भएका कारण उनीहरू एकै दिन अवकाश हुने भएपछि डिआर्इजीबाट नै सोझै आर्इजीपी बनाउनुपर्ने अवस्था छ । यदि सरकारले विशेष पद ल्याई कुनै एकलाई एआर्इजी नबनाएका खण्डमा ।

त्यसैले आर्इजीपीको प्रतिस्पर्धीहरूमा चार जना डिआर्इजीहरू लागिपरेका छन् । जयबहादुर चन्द,नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारी आर्इजीपीको प्रतिस्पर्धी हुन् । त्यसैगरी सशस्त्र प्रहरीमा पनि आर्इजीका लागि तीन जनाको प्रधिस्पर्धा चलेको छ ।सिंहबहादुर श्रेष्ठ, प्रेमबहादुर शाही र प्रकाश ओझा आइजीका प्रतिस्पर्धी छन् । उनीहरू तीनै जना एआइजीहरू हुन् ।

नेपाल प्रहरीका हकमा हाल आइजीका प्रतिस्पर्धीमा रहेका र उनीहरुको व्याचमा रहेका अधिकृतहरूको उमेर विवाद धेरै चर्चामा आइरहेपछि हामीले आफ्नो समाचारस्रोत प्रयोग गरेर उक्त समूहका अधिकृतहरूको जन्ममिति फेला पार्न सफल भयौ । उमेरका कारणले कोही डिआइजी छिटो अवकाश हुँदैछन् भन्ने चर्चा चलिरहेपछि यो समाचार खोज्न र प्रकाशन गर्न हामी सक्रिय थियौँ ।

नयाँ प्रहरी नियमावलीले उमेर हदका हकमा आइजीको ५८, एआइजी र डिआइजीको ५६, एसएसपी र एसपीको ५५, डिएसपीको ५४ र प्रहरी निरीक्षकको ५३ तोकेको छ । यस हिसाबले पनि यो समूहका डिआइजीहरू उमेरका कारणले अवकाश हुने अवस्था देखिँदैन तर डिआइजी रोमेन्द्रसिंह देउजा प्रहरी सेवामा प्रवेश गर्दा प्रहरी अस्पतालमा सई दर्जाको प्राविधिक पदमा प्रवेश गरेका हुन् । त्यस हिसाबले उनी छिटो अवकाश हुन सक्छन् ।

उनीहरूको जन्ममिति यस्तो रहेको छ– नवराज सिलवाल ०२०-५-८, रणबहादुर चन्द ०२१-६-१४, बमबहादुर भण्डारी ०१९-२-२०, प्रकाश अर्याल ०२०-३-१४, जयबहादुर चन्द ०२१-५-२५, हेमन्त पाल ०२१-९-३, पशुपति उपाध्याय ०१९-८-३०, केशरी घिमिरे ०१९-७-३०, माधव नेपाल ०१९-१०-१४, विजयलाल कायस्थ ०२०-२-२९, देवेन्द्र सुवेदी ०२०-८-२१, गोविन्द निरौला ०२०-६-३०, रोमेन्द्र देउजा ०१९-८-५, पंकज श्रेष्ठ ०१९-१-२२, माधव जोशी ०१९-११-१७, विजय भट्ट ०२३-६-१४, मधु पुडासैनी ०१९-३-१२, सुदिप आचार्य ०२१-२-४, मिङमार लामा ०२०-१२-२२, कमलसिंह बम ०१९-६-१६ छन् ।

त्यसैगरी सोही समूहमा रहेका अन्य अधिकृतहरूको जन्ममिति यस्तो छ– गणेश केसी ०२०-११-१२, केदारमानसिंह भण्डारी ०२०-९-१५, रमेश भट्टराई ०२०-२-६, भोगबहादुर थापा ०१९-१-१३, मिलन बस्नेत ०१९-१-१९, पुस्कल रेग्मी ०२१-९-१३, यादवराज खनाल ०१९-२-१३, बलराम पौडेल ०१९-७-१८, पुष्परन्जित ०१९-९-२०, कृष्णप्रसाद गौतम ०१९-११-२४ र विष्णुहरि गौतम ०२०-७-२८ रहेका छन् । # सदावहारबाट ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्