Logo
६ बैशाख २०८१, बिहीबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली विद्यार्थीले बनाए घामबाट चल्ने कार

काठमाडौं, माघ २३  । इन्जिनियरिङ क्याम्पसमा अध्यणरत बिद्यार्थीहरुले सोलारबाट चल्ने कार बनाएका छन । सोलार कार पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका ८ जना बिद्यार्थीहरुको समूहले निमार्ण गरेको हो । उनीहरुले यसलाई नेपालको पहिलो सोलार कार भएको बताएका छन् ।

४ जना बस्न मिल्ने यो कारको छतमा राखिएको सोलार प्यानलको मद्धतले गुड्ने मेकानिकल इन्जिनियरिङका बिद्यार्थीले बताए ।
पुल्चोक क्याम्पसका मेकानिकल इन्जिनियर विद्यार्थी समाजले गरेको कार्यक्रममा देशभर रहेका ५ ओटा मेकानिकल क्याम्पसका विद्यार्थीका ६० ओटा स्टल रहेको थियो ।

प्लस टु र स्नातक तहमा रहेका बिद्यार्थीहरुले आफूले बनाएको प्रविधी बिच प्रतिस्पर्धा गराएर बिजेता घोषणा गरी पुरस्कार प्रदान गरेको कार्यक्रमका संयोजक राहुल अर्यालले बताए । प्रविधि प्रर्दशनको पहिलो दिन विद्यार्थीहरुले ड्रोन रेसिङ प्रतियोगिता, दोश्रो दिन रोबोट फाइट र तेश्रो दिन रोबोट दौड प्रतियोगिता आयोजना गरेका थिए ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्