Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिद्यार्थीले बनाए बिउ तथा बिषाधी छर्न मिल्ने ड्रोन

काठमाडौं, माघ २४ । कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् ।  प्रमोद अधिकारी, प्रभाकर पाण्डे, एन्जल जंग कार्की, वत्सल घिमिरे र अंकित अधिकारीको टोलीले ३० हजार खर्च गरेर उक्त ड्रोन बनाएका हुन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् ।

प्रविधी प्रदर्शनी भएका बेला केही देखाँउ भनेर ५ जना साथिहरु मिलेर उक्त ड्रोन बनाएको बिद्यार्थी प्रमोद अधिकारीले बताए । उनीहरुले नेपाल कृषिप्रधान देश भएकोले रासायनिक मल, बिउ तथा विषाधी माथिबाट छर्न मिलोस भनेर यस्तो उपकरणको परिकल्पना गरेको बताए ।

 

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्