सुनकाण्ड प्रकरण : एसएसपी खत्रीलाई अदालतमा हाजिर !
काठमाडौं २४ माघ । सुनकाण्ड प्रकरणमा पक्राउ परेका एसएसपी श्याम खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआइबी) ले एसएसपी खत्रीलाई अदालतमा हाजिर गराएको हो ।
कालो ज्याकेट र खैरो पाइन्ट लगाएका खत्री अदालतमा गाडीबाट ओर्लिएपछि घोसेमुन्टो लगाएर हिँडेको दृश्य देखिन्थ्यो । एयरपोर्टबाट बरामद गरिएको ३४ किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा एसएसपी खत्री आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ परेका थिए ।