Logo
१३ बैशाख २०८१, बिहीबार
(February 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीबाटै पृथ्वीसुब्बाले भारतलाई दिए झड्का !

काठमाडौं, २४ माघ । एमालेका सचिव पृथ्वी सुब्वा गुरुङले दल्लीबाटै भारतलाई झड्का दिएका छन । पार्टी निकट प्रवासी नेपाली संघ भारतको केन्द्रीय बैठकमा भाग लिन दिल्ली पुगेका उनले आफूहरुले भारतलाई पाँच पटक हराएको र संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावलाई असफल बनाएर छैटौं पटक पनि हराई छाड्ने बताए ।

दिल्लीमा पत्रकारहरुसँगको भेटघाटमा उनले, संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नहुने बताए । उनले एमालेसँग भारत हारेको भन्दै पाँच वटा घटना सुनाए र त्यो सवैमा भारतको हात रहेको दावी गरे ।

गुरुङले, कुनै पनि हालतमा नेपालमा संविधान वनाउने पक्षमा भारत नरहेको र संविधान बनाएर एमालेले पहिलोपटक हराएको बताए ।

उनका अनुसार नेपाल भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अडान सबै राजनीतिक दललाई सहमत गराएर मात्र संविधान जारी गर्नुपर्छ भन्ने थियो ।

‘मोदीसँगको भेटको क्रममा म आफै पनि थिए । त्यसको जवाफमा हाम्रा पार्टी अध्यक्ष केपी ओलीले सकेसम्म सबैलाई सहमत गरेर संविधान बनाउने त्यसो हुन नसके संविधान सभाले गरेको निर्णय सवैले मान्नुपर्ने वताउनुभएको थियो,’ उनले भने ।

नेता गुरुङले संविधान रोक्नका लागि भारतले तत्कालीन राष्ट्रपति रामवरण यादव र तत्कालिन माओवादीका नेता बाबुराम भट्टाईलाई उपयोग गरेको बताए ।

उनले यसलाई भारतको पहिलो हार भएको उल्लेख गरे । उनले, संविधान वनेपछि भारत कुनै पनि हालतमा केपी ओलीलाई प्रधानमन्त्री वनाउने पक्षमा नभएको स्ष्ट पारे ।

तर आफ्नो नेतृत्वमा सरकार वनाएर एमालेले दोस्रोपटक भारतलाई ‘घुँडा’ टेकाउने काम गरेको उल्लेख गरे । एमाले सचिव गुरुङका अनुसार भारतले नेपाललाई नाकावन्दी लगाएपनि अन्त उ पछाडि फर्कन बाध्य भएको भन्दै यो उसको तेस्रो हार भएको बताए ।

यस्तै, ओलीले भारतको भ्रमण गरेर फर्केपछि भारतले उनको चीनको भ्रमण रोक्न चाहएको बताउँदै ओली चीन भ्रमणमा गएर पारवहन सम्बन्धी सम्झौता गर्दा भारतले चौथों हार व्यहोरेको स्पष्ट पारे ।

उनका अनुसार वैशाखमा नै प्रचण्ड भारतको इशारमा एमाले नेतृत्वका सरकार छाड्न चाहाको बताउँदै त्यसमा पनि भारत असफल भएको सुनाउँदै यो भारतको पाँचौ हार भएको जिकिर गरे ।

यस्तै, उनले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई फेल गराएर भारतलाई छैटौं पटक हराउने स्पष्ट पारे ।

प्रकाशित मिति: Feb 6, 2017

प्रतिक्रिया दिनुहोस्