Logo
८ बैशाख २०८१, शनिबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन र भारतको चासोः हतासमा राजनैतिक दलहरु

सुनिल शर्मा, काठमाडौं । के नेपालमा फेरि राजतन्त्र फर्किएला रु यस्तै चर्चा परिचर्चा राजनीति वृतमा चुलिएको छ । यो प्रश्नले अहिले नेपालको अस्थिर राजनीतिलाई फेरि तताई दिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको थाइल्याण्ड भ्रमणमा भएको भारतीय र चिनिया ‘थिङ्क ट्याङ्कर’ हरु सँगको गोप्य छलफल पछि उत्साहित भएका पूर्व राजा ज्ञानेन्द्रले यति मात्र भनेका छन्–‘निषेधको राजनीति हुनु भएन, मैले दरबार मात्र छोडेको हुँ राष्ट्रको जिम्मेवारी छोडेको छैन ।’

अर्थात राजाले आफ्नो स्थान र अधिकारको सुनिश्चितता खोजेका छन् । चीन र भारतीय मित्रहरुसँग पनि देशको अवस्था, छिमेकमा परेको असर र आफ्नो भूमिका बारे बैंककमा कुरा राखेका छन् । नेपालको अस्थिर राजनीति प्रति चिनिया र भारतीय मित्रहरुले गहिरो चिन्ता व्यक्त गरेको कुरा थाइल्याण्डस्थित पूर्व राजा निकट स्रोतले जनाएको छ । चिनिया राष्ट्रपति सिजी पीङका विशेष दूत फुङ तारासँग निर्मल निवास पूर्व राजाको वार्ता भएको दाबीसँगै चिनिया ‘ग्रिन सिंगनल’ पाएर बैंकक तिर हानिएका पूर्व राजा ज्ञानेन्द्रले नेपालको बिग्रदो राजनैतिक अवस्थाका कारण छिमेकी मुलुकहरुमा परेको असर र दक्षिण एसियामा नेपालको कारण बढेको अशान्तिप्रति गम्भीर छलफल चिनिया उच्च राजनैतिक व्यक्तिहरुसँग गरेका छन् ।

चिनिया अधिकारीहरुले भने नेपालको बिग्रदो राजनैतिक अवस्था र चीन एक नीति प्रति गम्भीर चासो व्यक्त गर्दै नेपालमा राज संस्थाले खेलेको भूमिका प्रति सन्तोष व्यक्त गर्दै नेपालको सार्वभौमताको पक्षमा सधै चीनको साथ रहने चिनिया अधिकारी र पूर्व राजाको गोप्य भेटवार्तामा छलफल भएको हो स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बतायो । नेपालमा बढेको विदेशी हस्तक्षेप र नेपालको सार्वभौमता माथि उत्पन्न खतराले चीनलाई समेत खतरा पुर्याएको चर्चा पूर्व राजा ज्ञानेन्द्र र चिनिया अधिकारीहरुसँग बिच निकै बहसको विषय भएको स्रोतको दाबी छ । नेपालमा राज संस्था पुर्नर स्थापना सम्बन्धमा चीनले भारतको साथ लिएर अघि बढ्ने संकेत पूर्व राजालाई मिलेको दरबारियाहरुले आभास गर्न थालेका छन् ।

साथै नेपालको वर्तमान संविधान निर्माण प्रकृया र राजनैतिक दलहरुले खेलेको भूमिका प्रति चासो व्यक्त गरेको कुरा राजा निकटहरु मात्र होइन आम नागरिकहरुको समेत चर्चाको विषय बनेको छ । चीनले पूर्व राजा सँगको भेटवार्तामा आफ्नो मुलुकको सुरक्षार्थ चीन एक नीति र नेपालमा चिनिया लगानीको संभाव्यता र सहयोग विषयमा छलफल गरेको छ भने भारतीय पक्षबाट नेपालमा राज संस्था पुर्नर स्थापना हिन्दू अधिराज्यको घोषणा सँगै नेपालमा जलस्रोतमा भारतीय लगानि, आतंकवादी गतिविधि रोकथाम र भारतीय सुरक्षाको विषयमा चासो व्यक्त गरेको छ ।

नेपालको नागरिकताको सवाललाई नेपालको आन्तरिक विषय भएकाले संविधान बमोजिम जे हुन्छ त्यही गर्न सुझाव दिँदै नेपालको वर्तमान राजनीतिक व्यवस्था मै परिवर्तनको खाँचो तर्फ चीन र भारतीय अधिकारहरुले औल्याएका छन् । राजनीति र कुटनीति भिन्दै विषय वस्तु भएता पनि एक अर्काका पुरक अन्तरवस्तु हुन् । यी कुरालाई स्व राजा महेन्द्र देखि वीरेन्द्रसम्म के के भयो ? के के हुँदैछ ? भनेर बढो सावधानिका साथ संविधानको अक्षरस पालना गरेर हिँडेका पूर्व राजा ज्ञानेन्द्रको पछिल्लो समयमा देखिएको राजनैतिक र कुटनैतिक सकृयताले राजनैतिक दलका नेताहरुलाई नराम्रोसँग फसाई दिएको छ ।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले मुलुकमा जुनसुकै बेला राजनैतिक मुठभेड हुन सक्ने र बिखण्डनवादी तत्वहरुले टाउको उठाउने स्पष्ट सन्देश प्रवाह गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा ‘प्राप्त उपलब्धी गुम्ने खतरा’ बढेको भन्दै कार्यकर्ताहरुलाई सचेत गराए । पूर्व माओवादी लडाकुहरुले प्रचण्डलाई ज्यानै मार्ने सम्मको धम्की पेरिस डाँडामा दिएपछि प्रचण्डले पछिल्लो समय पूूर्व राजा ज्ञानेन्द्रसँग मिलेर जानुको विकल्प नरहेको भन्दै आफ्ना निकटवर्तीहरुसँग राजासँग भेटघाट र छलफल गर्ने इच्छा जाहेर गरे पनि पूर्व राजाले भने प्रचण्डलाई तत्काल भेट गर्न अस्विकार गरेको बताइएको छ ।

राजालाई बाहिर राखेर संविधान बन्दैन भन्ने बुझेका प्रचण्डले शंकास्पद सम्बन्ध राजासँग बढाउन चाहेपछि निर्मल निवासले प्रचण्डलाई ठाडै अस्विकार गरिएको दरबारियाहरुको भनाई चर्कै सुन्न पाइन्छ । पुर्व राजा र भारत बिचको सम्पर्कको मुख्य सूत्रधार बरिष्ठ राजनीतिक एवं राजनैतिक विश्लेषकहरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच गोप्य भेटवार्ता हुने भएको छ ।

‘गेम प्लान’ अन्तर्गत थाइल्याण्ड पठाइएका राजा ज्ञानेन्द्रको नेपालमा राज संस्था पुर्नर स्थापना गराउन भारतीय जाशुशी संस्था ‘र’ तथा मोदीको ‘कोर ग्रूप’ सँग नेपालमा राज संस्था नहुँदा भारतले भोग्नु परेको क्षती तथा दक्षिण एसियामा बढेको आतंकवाद र भारत चीनको सुरक्षा तथा अन्तर सम्बन्ध र व्यापार लगायतका विषयमा गम्भीर छलफल चलाएका हुने भएको श्रोतको दाबी छ ।

आखिर के चाहान्छ भारत के चाहन्छ ?
तत्कालीन नेपालको राजनैतिक अवस्थाका कारण भारत पाकिस्तान बीचको द्वन्द्व र युद्ध नेपालका शान्ति स्थापना र संविधान सँगै भारतले चाहेको छ । तर नेपालमा राज संस्था र हिन्दू अधिराज्यको स्थापना हुनु अथवा रक्तापात पूर्ण क्रान्तिबाट राजा स्थापना हुनु भारतको दुई विकल्प छन् । तर राजा ज्ञानेन्द्रले भने क्रान्तिभन्दा शान्ति कै पक्षमा भारत र राजनैतिक दलहरुले गरेको ‘जेन्टलमेन्ट एग्रिमेन्ट’लाई कार्यन्वयन गराउन सुझाएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रकै पक्षमा जोड दिँदै आएका छन् । स्रोत भन्छ ‘पूर्व राजा ज्ञानेन्द्र राज संस्था र हिन्दूू अधिराज्यको स्थापना तथा बिधीको शासन चाहनु हुन्छ ।’उहाँ हिमानीलाई राज उत्तराधिकारी घोषणा गराएर नाती ह्दयन्द्रलाई राजगद्धीमा राखेर विश्राम लिन चाहनु हुन्छ स्रोत भन्छ । राजनैतिक दलहरुलाई वाइपास गरेर जाने उहाँको इच्छा छैन । विगतका कमजोरीलाई सच्याएर नै जाने उहाँको चाहना हो । तर विधिको शासन मुलुकमा स्थापना हुनु पर्नेमा भने पुर्व राजाले कसैसँग कुनै सम्झौता नगर्ने बताउँनु भएको छ ।

अब के हुन्छ ?
पूर्व राजा ज्ञानेन्द्र शाहको भारतीय र चिनिया उच्च नेतृत्व सँगको भेटवार्ता पछि नेपालको राजनीतिमा ठूलै परिवर्तन आउने संभवत व्यवस्था नै परिवर्तन हुने राजनैतिक विश्लेषकहरुको भनाइ छ । पूर्व राजाको थाइल्याण्ड भ्रमण भारतीय ‘ग्रिन सिङ्गनल’ पछि भएको हुँदा राजनैतिक परिवर्तनका लागि वर्तमान संविधानलाई नै लागू हुन नदिन संशोधन पक्षधर र संशोधन विपक्षी राजनैतिक दलहरु बीच विवाद चर्काइने छ ।

भारत र चिनिया ‘ग्राण्ड डीजाइन’ भित्र राजनैतिक दलहरु परि सकेको हुँदा अस्थिर राजनीति बिचमै गोलमाल गराएर संवैधानिक संकट खडा गरि राष्ट्रिय सुरक्षार्थ भनेर संकटकालको घोषणा गराएर भए पनि वर्तमान संविधान लागू हुने छैन । यसको स्पष्ट जानकारी भारतीय विदेश सचिव मोदी दूत एस।जय शंकरले प्रचण्डलाई पहिले नै दिई सकेका छन् । जुन कुरा प्रचण्डले बुझेर पनि नबुझे जस्तो गरेता पनि ‘प्राप्त उपलब्धी गुम्ने भो’ भनेर पार्टी बैठकमा त्यसै भनेका होइनन् ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्