Logo
१२ श्रावण २०८१, शनिबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारलाई मधेसमै भेला गर्न हम्मेहम्मे: मान्छे जुटाउन ‘नाचगान’


सिरहा, २३ माघ । कुनैबेला सिगो मधेशको मसिहा नै आफू भएको दावी गर्ने तथा अघोषित रुपमा मधेशी मोर्चाको संयाृजक नै आफू भएको दावी गर्ने बिजयकुमार गच्छदारलाई यतिबेला निकै समस्या परेको छ ।

पछिल्लोपटक सिगो मधेश आन्दोलनमय हुदा सरकारको स्वाद चाखेपछि मधेस विरोधीको छाप लागेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई मधेसमा भेला गर्न पनि हम्मेहम्मे पर्ने गरेको खुलासा भएको छ ।

मधेसका बिभिन्न जिल्लाहरुमा सभा गर्दा जनता आउन छाडेपछि नाचगानको सहारा लिन थालेका हुन् । शनिवार मात्रै गोलबजारमा फोरम लोकतान्त्रिकले आयोजना गरेको एक कार्यक्रममा खासै सहभागी उपस्थित भएनन ।

समाचार श्रोत भन्छ, ‘तर जनता जुट्ने अवस्था भएन् । जसका कारण हतार–हतार नृत्य गर्ने युवतीहरुलाई बोलाए । र नृत्य देखाएर जनता भेला पारे । हुन् त केहि अनपढ गाउँघरकी महिला समेत उनको भेलामा देखा परे । स्रोतका अनुसार विभिन्न प्रलोभन देखाएर गाउँघरबाट ट्याक्टर भाडा गरेर महिलाहरुलाई सभामा ल्याए ।’

समाचार नबनाइदिने सर्तमा फोरम लोकतान्त्रिकका एक जिल्ला नेताले रु ३० हजारमा नृत्य गर्ने महिलाहरुलाई ल्याएर साँस्कृतिक कार्यक्रम गरेको बताए । तर जनता भेलामा जम्मा पार्नलाई यूवती नचाएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘है, त्यो कुरा छाडौं ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अलग भएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि गच्छदारको पार्टीमाथि मधेस विरोधीको आरोप लाग्यो । मधेसका अधिकांश जिल्लाका नेताहरुले पार्टीबाट राजीनामा दिए । सिरहाका पुरै कार्य समिति नै उनको पार्टीबाट राजीनामा दिए ।

सिरहा गोलबजारका सत्रुधन प्रसाद महतो गच्छदारका विश्वास पात्र मानिन्थ्यो । तर ओलीको सरकारमा गच्छदार पुगेपछि महतो पनि पार्टी छाडे । जसका कारण गच्छदारको फोरम लोकतान्त्रिक सिरहामा कमजोर बन्यो । गच्छदार मधेसको एजेण्डा विर्सेर ओली सरकारमा आफ्नो सत्ताको प्यास मेटाउन गएको मधेसी जनताको आरोप छ ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्