Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाको कानको प्वालमा अजिंगर …!

बीबीसी, अमेरिकाको राज्य ओरेगनमा बस्ने एक महिलाको एक घर पालुवा अजिंगर उनको कानको प्वालबाट निस्कने कोसिसमा प्वालभित्रै फसेको छ । ऐशली ग्लाईले आफ्नो फेसबुकमा आफ्नो तस्बिर पोष्ट गरेकी छिन् जसमा उनको कानको प्वालभित्र पाइथन अड्किएको देख्न सकिन्छ ।

फोटो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘अहिलेसम्मको मेरो सबैभन्दा पागलपनले भरिएको स्थिती । मेरो पाइथन मेरो कानको प्वालमा फस्यो र मैले यसका लागि इमर्जेन्सी रुममा जानु पर्यो ।’ आफ्नो सानो अजिंगर बार्टलाई उनले बोकिरहेकी थिइन् र अचानक अजिंगर उनको कानको प्वालमा छिर्न थालेको उनले बताइन् । निस्कने क्रममा उक्त अजिंगर बिचमा नै अड्किएको उनले जानकारी दिइन् ।

ऐशली भन्छिन्, ‘यो सबै निकै अचानक भयो जबसम्म मलाई यसबारे थाहा भयो तब निकै ढिलो भइसकेको थियो ।’ आफूलाई भन्दा पनि आफ्नो घरपालुवा अजिंगरलाई केही होला कि भन्ने चिन्ता आफूलाई भएको तर सबैकुरा ठिक भएको उनले जानकारी दिइन् ।

उनले आफ्नो साथीलाई अनलाईनमार्फत भनिन्, ‘डाक्टरले यसको लागि मेरो कान काटेनन् । मेरो कानलाई लठ्याएर अजिंगरलाई बलजफ्ती ताने र उक्त प्वालबाट बाहिर निकाले ।’ अजिंगर अवस्था ठिक रहेको बताइएको छ ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्