Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होशियार: कोक,फ्यान्टा पिउँदै हुनुहुन्छ ? मुटु रोग र क्यान्सर होला !

काठमाडौं । जाडो समय सकिएर गर्मी मौसम सुरु हुदै छ । बाहिर उखरमालौ गर्मी बढ्दै जाने समय आएको छ । राजधानीमा पानीको अभाबमा यथाबत भएको अबस्थामा आफ्नो प्यास मेटाउन के पियपदार्थ पिउने गर्नु भएको त छैन र्? यदी छ भने तत्काल छोड्नु होस ? गर्मीयाम लाई लक्षित गरि बहुराष्ट्रिय कम्पनीहरुले बजारमा चिसा पेयपदार्थ पिउने कुलत नेपालीमा पनि परिसकेको छ ।

तर, गर्मी छल्न भन्दै हामीले पिउने कोकाकोला र फेन्टा जस्ता पेयपदार्थ स्वास्थ्यका लागि निकै हानिकारक भएको विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ । नेपालमा कोकाकोला र फेन्टा, स्प्राइट लगायतका नाममा ‘गुलियो विष’ मा बेचिँदै आएको छ र ती पेय पदार्थमा एक त बेलाबेलामा अखाद्य वस्तु फेला परिरहन्छन् ।

विज्ञहरूका अनुसार कोकाकोला आफैंमा मन्द विष भएको बतउदै आएका छन् । भारतमा रामदेवले कोकाकोलालाई ‘ट्वाइलेट क्लिनर’ को संज्ञा दिदै त्यस्ता पेयपदार्थ नपिउन सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।

उनले भनेका छन्, “गर्मीमा कागती, नीम र बेलको सर्वत पिउनुस्, फलफूलको फ्रेस जुस पिउनुस्, दही र मही पिउनुस् तर कोकाकोला पटक्कै नपिउनुस् ।” कोकाकोलामा हुने हानिकारक रसायनका कारण मानिसलाई क्यान्सरदेखि अल्सरसम्मका रोग लाग्ने विवरण नै दिएका थिए ।

भारत र नेपालका ठूला मिडियाले बहुराष्ट्रिय कम्पनीको रहर लाग्दो विज्ञापनको लोभमा कोकाकोला र फेन्टाको हानिकारक पक्षबारे जनचेतना जगाउने खालका सामग्री दिंदैनन् । विश्वका धेरै अनुसन्धाताले कोकाकोलाका बारेमा नकारात्मक रिपोर्ट दिएका छन् ।

केही वर्षअघि हार्वर्ड स्कूल अफ पब्लिक हेल्थको अनुसन्धानबाट कोकाकोलाले मोटोपन बढाउने मात्र हैन, त्यो जीवनकै दुश्मन भएको पत्ता लागाएको छ । कोकाकोला जस्ता गुलिया हल्का पेयपदार्थ पिएकै कारण वर्षमा विश्वभर करीब पौने दुई लाख (१ लाख ८० हजार) मानिसको मृत्यु हुने गरेको छ ।

कोक पिएकै कारण विश्वमा हरेक वर्ष एक लाख तेत्तीस हजार मानिस मधुमेहको शिकार हुने गरेका छन् भने हरेक वर्ष ६ हजार मानिस क्यान्सरको शिकार हुने गरेका छन् । कोक जस्ता पदार्थ पिएकै कारण करीब ४४ हजार मानिस मुटुको रोगी भएर मर्ने गरेका छन् । सन् २०१३ को १९ मार्चमा डेली मेल युकेको रिपोर्ट अनुसार यो तथ्यांक अमेरिकन हार्ट एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो ।

अमेरिकाको प्रतिष्ठित संस्था ‘इन्ष्टिच्यूट फर हेल्थ म्याट्रिक्स एण्ड इभोलुशन ग्लोबल बर्डन अफ डिजिज् स्टडिज’ ले सन् २०१० मा भारतमा गरेको अनुसन्धानपछि के पाइयो भने भारतमा त्यस वर्ष ९५ हजार ४ सय २७ जनाको मृत्युको एउटा ठूलो कारण कोकाकोला र फेन्टा जस्ता हल्का पेय नै रहेछ प्रतिबेदन सार्वजनिक गरेको थियो । मृत्यु हुनेहरूको संख्या सन् १९९० को तुलनामा २० वर्षमा १६१ प्रतिशतले बढेको रहेछ ।

सो रिपोर्टका अनुसार भारतमा कोकाकोला पिउनेहरूमध्ये ७८ हजार १७ जना मानिस मुटुको बिमारबाट मरे । ११ हजार ३१४ मानिस मधुमेहका कारण निधन भएका छन् । भारतको छत्तीसगढस्थित दुर्ग, राजनन्दन गाउँ र धमतारी जिल्लाका किसानका अनुसार उनीहरूले आफ्नो धान खेतलाई कीटनाशकबाट बचाउन कोक र फेन्टाको प्रयोग गरेका थिए र त्यो सफल भएको थियो ।

पानीमा कोक र फेन्टा मिलाएर धान बालीमा छर्किनु कीटनाशकको प्रयोगभन्दा धेरै सस्तो र प्रभावकारी भएको किसानहरूको अनुभवबारे सन् २००४ को ३ नोभेम्बरमा बीबीसी न्यूजले नै समाचार प्रसारण गरेको थियो । कोक र फेन्टा जस्ता कार्बोनेटेड पेयपदार्थबाट डाइबिटिज, हाइपरटेन्सन र पेटमा पत्थरी हुने संभावना अत्यधिक रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् ।

दिनमा दुई वा त्यसभन्दा बढी कोक पिउँदा क्रोनिक किड्नी रोग हुने खतरा बढ्न सक्ने उनीहरूको सल्लाह छ । अमेरिकी चिकित्सा अनुसन्धान पत्रिकामा सन् २००८ को जुलाई १८ मा प्रकाशित खबर अनुसार कोकाकोलामा फस्फोरिक एसिड बढी हुन्छ, जसले हाम्रो मूत्र प्रणालीमा असर पारी मिर्गौलामा समेत पत्थरीको कारण बन्न सक्छ ।

विश्वको चर्चित पत्रिका ‘डेली एक्सप्रेस’ का अनुसार जो मानिस हरेक दिन कोकाकोला पिउँछन, उनीहरूलाई मुटु या नसाको रोग हुने खतरा ४३ प्रतिशत हुन्छ । अनुसन्धानकर्ताले अध्ययनका दौरान के पाए भने कोकाकोला नपिउनेहरूमा हृदयघातको खतरा कम देखिएको थियो ।

कोकाकोला पिउनेहरूको प्रजनन् क्षमता समेत कमजोर हुन्छ । अल्कोहल नहुने भएकाले यस्ता पेयलाई हल्का पेय भनिएको हो, तर कोकाकोला यस्तो हल्का पेय हो, जसमा कार्बनडाइअक्साइड ग्यास राखिएको हुन्छ, त्यसैले यसलाई कार्बोनेटेड पेय भनिएको हो । हामीले कोक या फेन्टा खाँदा केहीबेरमै नाक या मुखबाट एकप्रकारको ग्याँस बाहिर निस्किएको या डकार आएको महसूस गर्ने गर्र्छौं । त्यो खासमा कार्बनडाइअक्साइड हो । हामीलाई थाहै छ, हाम्रो शरीरले प्राण वायु शरीरभित्र लिन्छ ।

रगतमा भएको ग्लुकोजसँग दहन क्रिया भएपछि त्यो शरीरका लागि हानिकारक तत्वहरू समेट्दै कार्बनडाइअक्साइडका रूपमा शरीरबाट बाहिर निस्कन्छ । कार्बनडाइअक्साइड मानव शरीरले फाल्ने बायु हो । तर, कोक मार्फत हामी त्यही कार्बनडाइअक्साइड पेटमा हुल्ने गर्छौैं ।

फोक्सोले काम नलाग्ने भनेर फाल्ने कार्बनडाइअक्साइड हामीले पेट, रगतहुँदै दिमागसम्म पु¥याउँछौं, सोही कारण कोक पिएपछि नाकमा जलन हुन थाल्छ । कोकमा यस्ता धेरै घातक रसायन पाइएको छ । कोकाकोलामा सोडियम मोनो ग्लूटामेट, ब्रोमिनेटेड भेजिटेबल आयल, मिथाइल बेन्जिन र एडोसल्फान जस्ता विषाक्त रसायन हुने गरेको पाइएको छ । कोकाकोलामा चिनी या कर्न सिरप अत्यधिक हुन्छ । यो नै मानिसको मोटोपन, टाइप बी मधुमेह र मेटाबोलिक सिन्ड्रोमको कारण बनिदिन्छ ।

यसबाट उच्च रक्तचाप, उच्च कोलस्टोरल र मुटु रोगको कारण बनिदिन्छ । यस्ता पेयमा हुने क्यारमल रंग खासमा मिथाइलिमाइडोजल रसायन हो, जसलाई प्रयोगशालामा परीक्षण गरियो । आखिर यो रसायन फोक्सो, पेट र थाइराइड क्यान्सरको कारण भएको पाइएको छ । कोकाकोलामा हुने फस्फोरिक एसिड सबैभन्दा खतरनाक तत्वहरूमा एक हो । यो नै मानिसको हाडहरूको कमजोरी र आस्टियोप्यारोसिसको कारण हो । कोकमा साइट्रिक र फस्फोरिक एसिड हुन्छ, जसलाई धेरै खाँदा हाड र दाँत कमजोर हुन जान्छ । कोकाकोलाको अर्को घातक रसायन हो, क्याफिन ।

यो क्याफिनकै कारण कोक पिउने बच्चामा टाउकोदुखाइ, निद्रा नलाग्नु, चिड्चिडापन आदि समस्या देखा परेको अनुसन्धानकर्ताहरूले पाए । कोकाकोलामा हानिकारक कीटनाशकको निर्धा्रित मात्राभन्दा धेरै बढी घातक रसायन हुने भएकाले यसलाई कीटनाशकभन्दा खतरनाक मानिएको हो ।

यसमा भएको चिनी र एसिड नै बच्चाहरूको दाँत कीराले खाने र सडेर जाने कारण हुन् । किनकि, कोकमा भएको एसिडले दाँतको इनामेल नै मेटाइदिन्छ र दाँत सिरिङ्ग हुने रोग देखा पर्छ र विस्तारै दाँत कीराले खान थाल्छ । कोकाकोलाको अर्को खराबी हो, यसले मानिसको पेटमा पेप्टिक अल्सरलाई बढाइदिन्छ । कोल्ड ड्रिंक्समा मिठासका लागि सेक्रिनको प्रयोग गरिएको छ भने त्यो झन् क्यान्सरको कारण बनिदिन्छ ।

कोकाकोलामा पीएचको मात्रा २।४ देखि लिएर ३।५ सम्म हुन्छ, जुन एसिड याने अम्लकै अर्को रूप हो । घरहरूमा शौचालय सफा गर्दा प्रयोग गरिने ट्वाइलेट क्लिनरको ‘पीएच’ मानक पनि कोकाकोला सरह नै हुन्छ । यही कारण कोकाकोलालाई पनि शौचालय सफा गर्न प्रयोग गर्न सकिन्छ ।

रामदेवले यसलाई ट्वाइलेट क्लिनर भन्नुको खास कारण यही हो, जुन विज्ञानले प्रमाणित गरिसकेको छ । सामान्य रूपमा पानीको पीएच मात्रा ७।५ को आसपास हुन्छ, जुन पिउनयोग्य हुन्छ । कोकको बोतलमा अलिकति दूध मिसाउनुस् । त्यसलाई दुई तीन घन्टा त्यसै छाडिदिनुस् । त्यसपछि तपाईं देख्नुहुनेछ, बोतलको तल्लो सतहमा सेतो फोहोरजस्तो चिज जम्मा भइरहेको हुनेछ । अनि माथितर्फ हल्का रंगको पेय पदार्थ देख्नुहुनेछ ।

त्यस्तो किन हुन्छ भने कोकमा रहेको फस्फोरिक एसिडले दूधको क्याल्सियमलाई बाहिर निकालिदिन्छ । यदि यही कोक पिउने हो भने त्यसले हाम्रो हाडमा रहेको क्याल्सियमलाई पनि त्यसैगरी बाहिर निकाल्ने भयो ।

यसरी शरीरबाट क्याल्सियम बाहिर निस्कन थाल्यो भने तपाईंको हाड के होला रु खासगरी ती बच्चाहरू जो हुर्किंदो उमेरका छन् र जसलाई अग्लो हुन र शरीरको पुष्टिका लागि क्याल्सियमको अत्यधिक खाँचो छ, उनीहरू कोकको कुलतमा लाग्दा शरीरमा भएको क्याल्सियम पनि समाप्त हुन जान्छ । अनि उनीहरू रुग्ण, रोगी र कमजोर हुन्छन् । बहुराष्ट्रिय कम्पनीहरूले विश्वमा यसरी नयाँ पुस्तालाई रोगी बनाइरहँदा राज्य भने मौन बसेको छ ।

अनि ठूला मिडियालाई विज्ञापनको हाड फालिएको छ, उनीहरू पनि मौन छन् । नेपालमा अनुसन्धानले यी तत्व मुसाको फोक्सो, कलेजो थाइराइडमा क्यान्सर हुने कारण बनेको देखिएको छ । अमेरिकाको नेसनल टक्सिकोलोजी प्रोग्रामले पनि २ एमआई र ४ एमआई दुवैले जनावरमा क्यान्सर उत्पन्न गराएको र यसले मानिसलाई पनि नोक्सान र्पुयाउन सक्ने बताएको छ । त्यसैले कोक फ्यान्टाबाट मुटु रोग र क्यान्सर हुने पुष्टी गर्दै प्रतिबेदन समेत विश्बभर सार्वजनिक गरेको छ ।

रोशन कार्की /तीव्रखबरबाट ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्