Logo
१५ बैशाख २०८१, शनिबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी मन्त्रालयदेखि कार्यालयसम्म बेथिति नै बेथिति !

काठमाडौं, २० माघ । पछिल्लो समय सहकारीहरुले ठगेको खबर प्रशस्तै आउछ तर नियमन गर्ने निकायहरु के गदैंछन् ? यसबारेमा खासै खबरहरु आएको देखिदैन् । यसबारेमा हामीले एउटा खोज रिर्पोट प्रस्तुत गरेका छौं । प्रस्तुत छ, सोही रिर्पोट ।

सहकारी मन्त्री/संचिव

यतिबेला, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री हृदयराम थानी छन् भने संचिवमा मोहन कृष्ण सापकोटा छन् । उनी दुवैले सहकारीलाई सुधार्ने प्रतिबद्धता आफ्नो पदबाहल ग्रहण गर्दानै गरे तर पछिल्लो समय उनिहरुको कार्यशैली पटक्कै चित्त बुझ्दो छैन् ।

मन्त्री खालि जिल्ला भ्रमणमादेखि केन्द्र सम्म, सहकारीका तालिम, गोष्ठिमा रिवन काट्न व्यस्त छन् । उनीहरु दुवैले सहकारीलाई व्यवस्थित गर्न कुनै खालको योजना ल्याएको देखिदैन् । मन्त्रालयका अन्य कर्मचारीहरु कामकाज बिहिन बनेका छन् ।

यसैकारण पनि उनीहरु फेसबुके बन्ने गरेको खबर हामीले यसअघि पनि प्रस्तुत गरेका थियौं । अहिले मन्त्रालयका कर्मचारीहरु के गरेर दिन कटाउने भन्नेमा अन्यैलमा छन् । मन्त्री मन्त्रालयमा हुदाँ मन्त्रालयको काममा भन्दा पनि आफ्ना आसेपासेसँगको भेटघाटमा बढि व्यस्त हुने गरेका छन् ।

स्रोतका अनुसार मन्त्री थानीले जिल्ला भ्रमण खर्चको नाममा हालै मात्र २ लाख ६२ हजार राज्यकोषबाट लिएका छन् । उनले पदबाहल ग्रहणगरेपछि एउटा नमुनात्मक काम गरेको भन्ने कुनै छैन् ।

मन्त्रालयले ठोस कार्य योजना ल्याई आफ्ना विभागहरुलाई चुस्तदुस्त राख्नु पर्ने तर मन्त्री र संचिव दुवैको असंक्षमताका कारण मन्त्रालय र सो माताहतका विभागहरु निष्कृय बनेका छन् भने बेथिति पनि उत्तिकै मैलाएको पाइन्छ ।

मन्त्रालय भित्र अधिकारीहरुको गैर जिम्मेवारीकै कारण फाइल हराउने सम्मको घटनाहरु मौलाएका छन् । केही समय अघि अनुगमनसम्वन्धि मन्त्रालय मातहतको कार्यालयले मन्त्रालयमा बुझाएको फाइल मन्त्रालयबाटै गायब भएको मन्त्रालय निकट उच्च स्रोत बताउछ ।

सहकारी विभाग

सहकारीहरुको नियमनका निम्ति खोलिएको मन्त्रालय अन्तरर्गको एउटा विभाग हो । अहिले विभागका अधिकारीमा पनि काम गर्ने इच्छाशक्ती नहुदाँ बेथिती मौलाएको छ ।

सहकारी विभागमा रजिष्ट्रारको रुपमा केशवप्रसाद रेग्मी छन् । दर्शनशास्त्रमा बढी तल्लिन हुने रेग्मी पछिल्लो समय विभागलाई सही रुपमा लैजान असक्षम बनेका छन् ।

कर्मचारीहरुले उनलाई पटक्कै टेरदैनन् । नियमावली र ऐनले सहकारी विभागलाई, सहकारीलाई व्यवस्थित र सुदृढ गर्न धेरै अधिकार प्रत्यायोजन गरेपनि अधिकारीहरुको असक्षमताका कारण विभाग देखाउने दात जस्तै बनेको छ ।

तथ्यांक लुकाउँदै विभाग

यतिसम्म बेथिती बढेको छ, विभागले आफूले गरेको कामकाजको विवरणनै सार्वजनिक गर्न मान्दैन् । पछिल्लो समय विभागले के कति अनुगमन गर्यो, कति कारबाही भए, के कति राजस्व उठ्यो भन्ने बारे विभागका अधिकारीहरुसँग हामीले बुझ्न खोज्दा, अधिकारीहरुले सुचनानै दिन मानेन् ।

पटकपटक विभागमा तथ्यांक लिन जादाँ अनुगमन शाखाका अधिकारीहरुनै कार्यालयमा उपस्थित नरहने र अन्य अधिकारीहरुले दिनै मानेन् ।विभागले गत आ.व देखी हालसम्म अनुगमन लगायत अन्य कामकाजको विवरण लुकाएको छ ।

गोष्ठि, सेमिनारका नाममा लाखौं दोहन

केही दिन अघि सहकारी विभागले दुई दिने ‘सहकारी व्यवसाय प्रवद्र्धन गोष्ठी’ नामक एउटा सेमिनारको आयोजना गर्यो । सो कार्यक्रममा सहभागी पुर्याउन मन्त्रालयका एकदर्जन कर्मचारी सहित विभाग र सो मातहतका डिभिजन कार्यालयका प्रमुख देखि पूर्व कर्मचारी, लगायत तिनकाआसेपासे सम्मको जमघट गराइयो । नाममा व्यवसाय प्रवद्र्धन भनिएतापनि सो कार्यक्रममा दुईदर्जन व्यवसायीको सहभागिता थिएन् ।

यसो हेर्दा देखिन्थ्यो व्यवसायी भन्दा पनि आफूहरुको प्रवद्र्धनका निम्ति कार्यक्रम गरेजस्तो । लाखौं खर्चेर गरिएको कार्यक्रममा सहकारी मन्त्रीले रिवन काटेका थिए । सहकारीकर्मीहरुको कमजोर उपस्थिती रहेको कार्यक्रममा बजेट पचाउनका निम्ति विभागले कार्यक्रम गरेको समाचार स्रोत बताउछ ।

विभागको प्रंगढमा विवाह भोज जस्तै राखिएको थियो । सहकारी विभागको तालिम हलमा दुईदिनसम्म चलेको गोष्ठिमा सहभागीहरु कार्यक्रममा ध्यान केन्द्रीत गर्न भन्दा पनि खाम कति बेला समात्न पाइन्छ भन्दै जुर्रमुराई रहेको देखिन्थ्यो ।

सहभागीको संख्या पुर्याउन र राज्यकोषलाई दोहन पार्न विभागले पूर्वकर्मचारी र उनका आसेपासेलाई समेत बोलाएको समाचार स्रोत बताउँछ । कार्यक्रममा २२ बटा कार्यपत्र राखिएको भनिएतापनि त्यसको आधा समेत प्रस्तुत नभएको सहभागीहरुले बताए । यसरी सहकारी मन्त्रालय देखि कार्यालयसम्म सम्म बेथितिले सिमा नाघेपछि सहकारी क्षेत्र झन तहसनहस हुने देखिएको छ ।– विजय दमासे ‘नेपाल’

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्