Logo
८ बैशाख २०८१, शनिबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रको चरित्र हत्या गरेको भन्दै जनआस्थाविरुद्ध मुद्दा दर्ता

काठमाडौं २१ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चरित्र हत्या गर्ने ढंगले समाचार लेखेको भन्दै जनआस्था साप्ताहिक विरुद्ध कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा लिखित उजूरी दर्ता भएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले उजूरी बुझेर कारबाही प्रक्रिया अगाडि बढाएका छन् । कारबाही आदेश जारी गर्दै कार्कीले समाचारको खण्डन प्रकाशन गर्न जनआस्था साप्ताहिकलाई लिखित निर्देशन समेत दिएका छन् । पत्रिकाले खण्डन नछापे थप कारबाही गर्ने उनले बताएका छन् ।

यादवका स्वकिय सचिव महेश चौरसियाले प्रकाशित समाचार भ्रामक, तथ्यहीन र नियोजित रहेको दाबी गर्दै जनआस्था साप्ताहिक विरुद्ध प्रेस काउन्सिलमा उजूरी दिएका हुन् ।  काउन्सिलमा दर्ता भएको उजूरीमा भनिएको छ,– ‘समाचार पूर्णरुपले भ्रामक, तथ्यहीन, पूर्वाग्रही हुनुका साथै प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचार संहिता २०६० को गम्भीर उल्लंघन भएकोले समाचार प्रकाशित गर्ने पत्रिका जनआस्थालाई कानून बमोजिम कारबाही गरी खण्डन प्रकाशन गर्ने व्यवस्था गरि पाऊँ ।’ जनआस्था साप्ताहिकले बुधबार यादव विरुद्ध समाचार प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्