Logo
१३ बैशाख २०८१, बिहीबार
(February 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘स्कुल पढ्दा प्रेम प्रस्तावको ओइरो नै लाग्थ्यो’

सृजना सुब्बा चलचित्रमा कम र रंगमञ्चमा बढी देखिने अभिनेत्री हुन् । मोडलिङ हुँदै रंगमञ्च रोजेकी उनी नाटक अभिनयले बढि चिनिएकी छन् । दर्जन बढि म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी सृजनाको ‘आवाज’, ‘दीपशिखा‘ र ‘लुट’जस्ता थुप्रै चलचित्र प्रदर्शन सफल भएका छन् ।

मैना, कुमारजी आज्ञा गर्नुहुन्छ, चेरीको बगैंचा, माइला डटकम, साहुनीको पसलमा माइलाको व्यापार, चरणदास चोर, मिस जुली (जुली मैयाँ) लगायत धेरै नाटक उनले अभिनय गरिसकेकी छन् ।

प्रदर्शनका लागि तयार चलचित्र ‘लुट २’ र ‘डाइङ क्याण्डल’की समेत अभिनेत्री हुन् उनी । चलचित्र ‘डाइङ क्याण्डल’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । मोडलिङ, चलचित्र र रंगमञ्चमा एकसाथ ब्यस्त अभिनेत्री सृजनालाई रातोपाटीको १० प्रश्न ।

फेसन कतिको मनपर्छ ?
धेरै रुचि छ । मौसम र ‘ओकजन’ अनुसारको फेसन रुचाउँछु । मेरो हाइट कम छ । त्यसैले सारी, वानपीस र गाउँन फिट लाग्छ ।

तपाईको रोजाइको पुरुष कस्तो हो ?
काम अनुसारको रोजाई फरकफरक हुन्छ । आफ्ना लागि भन्ने हो,भने लुक ठिकै भएको, हाइट मेरो भन्दा अलि धेरै,असल बानी भएको, अरुको कुरा सुनेर मात्र आफ्नो कुरा राख्ने स्वभाव भएको मनपर्छ । जीवन साथीको चहाना पनि यस्तै छ ।

तपाइँको कुन अंगप्रति पुरुष लोभिने गरेका छन् ?

त्यो त मलाई थाहा भएन है । पुरुषहरुलाई नै सोध्नु पर्ला कि । किनभने अहिलेसम्म एक पुरुषले पनि तेरो यो अंगले मलाई आकर्षित गरेको छ भनेर पनि भन्नुभएको छैन । बाहिर सुनेको कुरा गर्र्ने हो भने धेरैले आँखा राम्रो छ भन्ने गर्छन् ।

चरा जस्तै उड्न पाउनु भयो भने ?

भिसा, पैसा लगायत बिभिन्न कारणले धेरै ठाउँ घुम्न, पुग्न पाएकी छैन । चरा जस्तै आकाशमा उड्न पाए भने राम्रा राम्रा ठाउँ, देश घुम्छु ।

अभिनयको पहिलो कमाई कति थियो र केमा खर्च भयो ?
नाटक अभिनयबाट मैले पहिलो पटक १२ हजार पाएकी थिएँ । त्यो कमाई कोठाभाडा तिर्दा र साथीभाइलाई खाजा खुवाउँदा सकियो ।

धेरै रोएको दिन छ कि ?
धेरै अगाडि हजुरबुबा बित्दा रोएको थिँए । त्यसपछि काठमाडौमा सुपर एक्टिङ कम्पिटिसनबाट फाँलिदा रोएँ । अभिनयमा मेरो सानैदेखि रुचि थियो । काठमाडौ छिर्ने बित्तिकै एक्टिङ कम्पिडिसनमा भाग लिँए । त्योे प्रतियोगीतामा जजले नअड्किकन अभिनय गरेर देखाउँन भनेका थिए । खै के कारण म एकछिन अड्िकएछु । मैले फेरी एकपटक चान्स मागे । जजले दिएका थिए । तर, आयोजकले हुदैन भने । बिरोध गरेर दिएनन् ।अनि प्रतियोगीताबाट बाहिरिनुपर्दा म धेरै रोए । रुदारुदा मेरो आँखा नै सुन्निएको थियो । आँखाकै कारण दुईतीन दिन बाहिर निस्कन पनि सकिन लाजले ।

खल्तिमा पैसा नभएर अप्ठ्यारो परेको दिन पनि होला नि ?
धेरै छ । सबैभन्दा बढी समस्या त अभिनयको सुरुवाको समयमा भएको थियो । काम गरेको ठाउँमा कतिले पैसा दिँदैनथे । कोहीले दिए पनि थोरै दिन्थे । त्यो खाना नै पुग्दैनथ्यो । घरभाडा तिर्न सधै मुस्किल पथ्र्यो । एक पटक छ महिनासम्म घरभाडा तिर्न सकिन । घरबेटी मलाई दख्ने बितिकै भाडा माग्थे । त्यसैले भागेर हिड्नु पथ्र्यो । पैसा दिन नसक्दा ढाँट्दा ढाँट्दा हैरान भएकी थिए म ।

तपाईसँग केटा डराउछन् रे नि होइन ?
अधिकांश केटाले केटी सफ्ट हुन्छन् । नरम हुन्छन् भन्ने सोचेका हुन्छन् । मबाट त्यस्तो स्वभाव नपाउँदा डराउँछन् होला । मैले भने यो कुरामा ध्यान दिएकी छैन ।

प्रेम प्रस्ताव कति आउँछन् ?
आउँछन् नि । अहिले पनि आइरहेका छन् । अहिले फाट्टफुट्ट आउने गरेको छ । पहिले स्कुल पढ्दा त पे्रम प्रस्तावको ओइरो नै लाग्थ्यो ।

रोजेको ब्यक्तिसँग डेटिङको अवसर मिल्यो भने ?
अमिर खानसँग जान चाहन्छु । किनभने डेटिङको समयमा पनि उनीसँग अभिनयका बिषयमा धेरै कुरा सिक्न र जान्न मिल्छ । अमिर सत्य बोल्ने अभिनेता पनि हुन् । उनको अभिनय मलाई मनपर्छ । #रातोपाटीबाट

प्रकाशित मिति: Feb 3, 2017

प्रतिक्रिया दिनुहोस्