Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से फेरि नकारात्मक, सात अंकले घटेपछि ५४ करोडको कारोवार – तालिकासहित

काठमाडौं, २० माघ । अघिल्लो दिन ६५ अंकको उच्च बिन्दुुले बढेको नेप्से आज फेरि घटेको छ । आज नेप्से सात दसमलव ३८ अंकले घटेर १३ सय ८२ दसमलव ४५ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि एक दसमलव ३५ अंकले घटेर तीन सय दसमलव ३५ अंकमा कायम रहेको छ ।

कुुल एक सय ४० कम्पनीहरुको पाँच हजार चार सय ९० वटा कारोवारमा १२ लाख ९५ हजार पाँच सय ९९ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ५४ करोड ३१ लाख १९ हजार तीन सय आठ रुपैयाँ पुुगेको छ ।

सबैगरी आज आठ वटा समुहको कारोवार भएकोमा बिकास बैक समुहको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक घटेको छ । उच्च अंकले घटेको होटल समुहको सुचक ३२ दसमलव सात अंकले घटेर १७ सय ६८ दसमलव ३५ अंकमा कायम रहेकोमा १९ लाख चार हजार आठ सय ३० रुपैयाँको कारोवार भएको  छ ।

बीमा समुहको सुचक २६ दसमलव २७ अंकले घटेर छ हजार ५८ दसमलव ५५ अंकमा कायम रहेकोमा १२ करोड ४७ लाख ६६ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि २३ दसमलव ९७ अंकले घटेर १६ सय १७ दसमलव ९० अंकमा कायम रहेकोमा एक करोड ९३ लाख ४९ हजार सात सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि चार दसमलव २५ अंकले घटेर १३ सय ३३ दससमलव २३ अंंकमा कायम रहेकोमा २७ करोड ३६ लाख ६० हजार रुपैयाँको कारोवार भएको छ ।

आज फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेको छ । बिकास बैंक समुहको सुचक भने एक दसमलव दुुई अंकले बढेर १४ सय ५० दसमलव ४१ अंकमा कायम रहेकोमा सात करोठ ४१ लाख २८ हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा नेरुडे लघुबित्त बिकास बैंक परेको छ भने गुुमाउने कम्पनीको सुचीमा सहयोगी बिकास बैक परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज  नेपाल एसबिआई बैंक परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
१  नेरुडे लघुबित्त बिकास बैंक   १२९०   ९.९७
राप्तीभेरी बिकास बैैंक      ३५३ ९.९७
जेविल्स फाईनान्स    २२९   ८.०२
४  जनउत्थान सामुुदायिक लघुबित्त १५४९     ७.७९
शाईन रेसुंगा डे. बैंक   ३६०    ७.१४

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य  घटेको मुल्य
सहयोगी बिकास बैंक      २७८  ८.५५
२  एनएमबी बैंक (संस्थापक)    २५०   ६.७१
पोखरा फाईनान्स       २१६ ६.०८
 जलबिद्युुत लगानी तथा बिकास कम्पनी  २०१    ६.०७
 सगरमाथा फाईनान्स       २३० ५.७३

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम  कारोवार भएको रकम  अन्तिम मुल्य
नेपाल एसबिआई बैंक   ४१३३६७१६  १४३३
२  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ३९८२२०११   २३७५
प्रभुु बैंक      २९७८५१५३ ३१४
सानिमा बैैंक      २४७५८३७० ४८३
५  गरिमा बिकास बैैंक     २२८६०४७० ४०४

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्