Logo
८ बैशाख २०८१, शनिबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीमा जागिर खुल्यो: एकैपटक २,६७८ सिटमा दरखास्त आह्वान

काठमाडौं, माघ २० । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि बिहीबार दरखास्त आह्वान गरेको हो । आगामी फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।

खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी हेड्क्वार्टरले आह्वान गरेको भर्ना सम्वन्धी सुचना अनुसार खुल्ला तर्फ ८८७ जना, अमर प्रहरीतर्फ ३३ जना, आदिवासी जनजाती तर्फ २३२ जना, मधेशी २०३ जना, महिला १४५ जना, दलित १०८ जना तथा पिछडाक्षेत्रबाट ३७ जनाको कोटा छ्टुयाईएको छ ।

त्यस्तै प्राविधीकतर्फ पनि समानुपातीक समावेशी प्रावधान अनुसार दरखास्त आह्वान गरिएको छ । प्राविधिक समुहको सञ्चारतर्फ सवैभन्दा धेरै ७१८ जना प्रहरी जवान मागिएको छ । मेकानिकल ईन्जिनीयरीङ तथा सवारीतर्फ ९६ जना, मेकानिकल विपत ब्यवस्थापन तर्फ १८ जना, स्वास्थ्यतर्फ २५ जना, संगित तर्फ ६१ जना, आवास तथा भौतिक ईन्जिनीयरिङ्ग तर्फ २२ जना, सुचना प्रविधी कम्युटर तर्फ १७ जना, कुकुर स्कुलमा ५३ जना, विधी विज्ञानमा १८ जना तथा हातहतियारतर्फ ५ जनाको लागी अवेदन आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई २३ बर्ष ननाघेका ईच्छुक उम्मेद्वारले दरखास्त फारम भर्न सक्नेछन् । त्यस्तै श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ (संसोधित) को नियम ४० बमोजिम २५ बर्ष ननाघेका उम्मेद्वारले दरखास्त दिन पाउनेछन् ।

महानगरीय प्रहरी परिसरहरु काठमाडौं, लतिलपुर, भक्तपुर, पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम प्रहरी तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तामिल केन्द्र नेपालगञ्ज, सुदुर पश्चिम क्षेत्रीय तालिम केन्द्र दिपायल तथा सवै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम भरेर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्