Logo
१५ चैत्र २०८०, बिहीबार
(February 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीमा के गदैंछन्,गुप्तचरका प्रमुख दिलिप रेग्मी ?

काठमाडौं, २० माघ । देशको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सुटुक्क भारत भ्रमणको लागी दिल्ली पुगेका छन् ।

गृहमन्त्रालय स्रोतकाअनुसार रेग्मी तिन दिने भ्रमणको क्रममा नेपाल एयरलाइन्सको विमानवाट खुसुक्क दिल्ली पुगेका हुन ।

रेग्मीमाथी सर्वोच्च अदालतवाट भर्खरै निलम्बीत अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रधानमन्त्रीसहित विभिन्न दलका नेता तथा संवैधानिक अंगका प्रमुखको व्यक्तिगत विवरण वुझाएको आरोपमा छानविन चलिरहेको छ ।

रेग्मीले आफुखुसी अनुसन्धान विभागको लेटर प्याडमा १ सय १५ जनाको जासुसी रिपोर्ट सोझै अख्तियार प्रमुख कार्कीलाई वुझाएर व्यवसायिक मर्यादाविपरीत काम गरेको भन्दै उनको अहिले संसदको महाअभियोग प्रस्ताव समिति अन्र्तगतको उपसमितिले अनुसन्धान गरीरहेको छ ।

रेग्मीले भने उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै बचाउ गर्दै आएका छन् । ‘उपसमितीले अनुसन्धान गरिरहेको वेला गुप्तचर चिफलाई एक्लै विदेश भ्रमणको स्विकृती दिनु राम्रो भएन,यसवाट छानविनलाई प्रभावित गर्ने काम भएको छ ।’ समितीका एक सदस्यले भने ।

निलम्बित अख्तियार प्रमुख कार्की दिल्लीमा रहेकै बेला गुप्तचर चिफ रेग्मीको भ्रमण हुनु संयोग मात्र नभएको स्रोतको दावी छ । गुप्तचर प्रमुख रेग्मी कार्की निकट मानिन्छन् । उच्च स्रोतकाअनुसार रेग्मीको भ्रमणवारे दिल्लीस्थित दुतावास र दुतावासमा कार्यरत गुप्तचरका एसएसपी ओम जोशीलाई समेत जानकारी छैन् ।

‘दिल्लीमा रहेका आफ्नै विभागका उच्च अधिकारीलाई समेत भ्रमण दलमा सहभागी नगर्नुले पनि उनको भ्रमण व्यक्तिगत फाइदाका लागी भएको पुष्टि हुन्छ ।’ अनुसन्धान विभागका एक उच्च अधिकारीले भने । रेग्मीले दिल्लीमा रहेका कार्कीलाई पनि भेट्ने कार्यक्रम रहेको उनि निकट स्रोतको दावी छ ।

यसअघि गुप्तचर प्रमुख विदेश भ्रमणमा जादा गृह र परराष्ट्रमन्त्रालयका उच्च अधिकारीको पनि सहभागीता हुने गरेपनि यसपटक भने दिल्लीस्थित दुतावासलाई समेत भ्रमणवारे कुनै जानकारी दिइएको छैन् । भारतिय गुप्तचर संस्था ‘रअ’ प्रमुख अनिल कुमार धासमनाको निमन्त्रणामा रेग्मी दिल्ली पुगेपनि भ्रमण निकै गोप्य राखिएको छ । रेग्मीसंगै उनका स्वकिय सचिव इन्सपेक्टर राजन शर्मा पनि दिल्ली पुगेका छन् ।

अनुसन्धान विभाग प्रमुख रेग्मीको भ्रमणको स्विकृती मन्त्रीपरिषदको वैठकले गरेपनि भ्रमणको ऐजेण्डा भने खुल्न सकेको छैन । स्रोतकाअनुसार रेग्मीले भारत भ्रमणको लागी एक वर्षअघिदेखी नै व्यक्तिगत पहल गरेपनि उनि सफल भने भएका थिएनन् ।

‘भारतिय समकक्षीको चाहनाभन्दा पनि हाम्रा चिफ सापको चाहनाले यो भ्रमण भएको हो, भ्रमणदलमा विभागमा वरिष्ठ अधिकारी नसमेटिनुले राम्रो सन्देश दिएन ।’गुप्तचरका एक उच्च अधिकारीले भने । रेग्मीलाई तत्कालिन प्रधानमन्त्री शुसिल कोइराला नेतृत्वको सरकारले वरियता मिचेर गुप्तचरको प्रमुख बनाएको थियो ।

मुलधारका अनुसार,उनिभन्दा चार वर्ष सिनियर डिआईजी देवराज भट्ट हुदा हुदै रेग्मीलाई तत्कालिन सरकारले नियम मिचेर भट्टलाई जुनियर बनाउदै उनलाई एआईजीमा बढुवा गरेर पछि आइजीपी नियुक्त गरेपछि गुप्तचरमा चेन अफ कमाण्डमा समस्या हुदै आएको छ ।

संसदको महाअभियोग प्रस्ताव समितिअन्र्तगतको उपसमितिले रेग्मी र नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले सरकारी संयन्त्रलाई वाइपास गर्दै अख्तियार प्रमुख कार्कीलाई सहयोग गरेको भन्दै उनिहरुको संलग्नताको विषयमा गहिरो अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Feb 2, 2017

प्रतिक्रिया दिनुहोस्