Logo
८ बैशाख २०८१, शनिबार
(February 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से पुन १४ सय नजिक, ६३ अंंकले बढेपछि ६० करोडको सेयर खरिद बिक्री – तालिकासहित

काठमाडौं, १९ माघ । नेप्से पुुन १४ सय अंकको नजिक पुुगेको छ । आज बुुधबार नेप्से ६३ दसमलव २३ अंकले बढेर १३ सय ८९ दसमलव ८३ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि १३ दसमलव ६३ अंकले बढेर तीन सय एक दसमलव ७० अंकमा कायम रहेको छ ।

कुुल एक सय ३७ कम्पनीहरुको पाँच हजार एक सय २४ वटा कारोवारमा १८ लाख ३३ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ६० करोड ६७ लाख तीन सय ४४ रुपैयाँ पुुगेको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा सात वटै समुहको कारोवार बढेपछि नेप्से पुरै हरियो भएको छ । सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक तीन सय ७६ अंकले बढेर छ हजार ८४ दसमलव ८२ अंंकमा कायम रहेकोमा आठ करोड ८५ लाख ९६ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ८० दसमलव ८९ अंंकले बढेर १६ सय ४१ दसमलव ८७ अंंकमा कायम रहेकोमा दुुई करोड ३२ लाख ५५ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक ६४ दसमलव पाँच अंकले बढेर १३ सय ३७ दसमलव ४८ अंकमा कायम रहेकोमा २९ करोड ४२ लाख ९७ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक पनि ५६ दसमलव पाँच अंकले बढेर १४ सय ४९ दसमलव ३९ अंकमा कायम रहेकोमा पाँच करोड ५० लाख ४१ हजार एक सय रुपैयाँको कारोवार भएको छ ।

यसैगरी होटल, फाईनान्स र अन्य समुहको सुचक पनि आज उच्च अंकले बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमो स्वालम्वन बिकास बैंक परेको छ भने गुमाउने कम्पनीको सुचीमा एनएमबी बैंक परेको छ । रकम कारोवारका आधारमा भने सिद्धार्थ बैंक अग्रसथानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
स्वालम्वन बिकास बैंक ११४४ १०
हिमालयन जनरल इन्स्योरेन्स ११३३  १०
सानाकिसान बिकास बैंक ९६८ १०
छिमेक लघुबित्त  बिकास बैैंक  ९४६ १०
नेपाल ग्रामिण बिकास बैंक ४९७ ९.९६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
एनएमबी बैक (संस्थापक) २६८ ९.७६
सिद्धार्थ लगानी बृद्धि योजना ११.३० २.२४
गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स १९६
ओरन्टल होटल प्रालि ४६१ १.९१
एक्सेल डेभलपमेन्ट बैंक (संस्थापक)  २८५ १.७२

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
 सिद्धार्थ बैंक  ८२२२३२११  ९२३
नेपाल दुरसञ्चार कम्पनी ६१७५१५०५ ६८०
जलबिद्युुत लगानी तथा बिकास कम्पनी ३७०८४४८४ २१४
 नेपाल बंगलादेश बैंक २३१७१४६४ ६७१
प्रभुु बैंक २२३१३५९४ ३१८

 

प्रकाशित मिति: Feb 1, 2017

प्रतिक्रिया दिनुहोस्