Logo
६ बैशाख २०८१, बिहीबार
(January 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड गम्भिर संकटमा,माओवादी केन्द्रको आकस्मिक बैठक बालुबाटारमै !

काठमाडौं, १८ माघ । पछिल्लो समय सरकारको बाघडोर सम्हालेका प्रचण्ड गम्भिर संकटमा फसेका छन् । प्रमुख प्रतिपक्ष एमालेको असहयोगका विच कांग्रेस र मधेशवादी दलको समर्थनमा सरकारको बाघडोर सम्हालेका प्रचण्ड, सबै तिरबाट अहिले घेराबन्दीमा परेपछि गम्भिर संकटमा फसेका हुन ।

पछिल्लो राजनीति परिदृष्यलाई लिएर अहिले केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बालुबाटारमै बोलाएको उच्च स्रोतले बतायो । बालुवाटारमा दिउँसो बस्ने बैठकमा स्थानीय निर्वाचनको मिति घोषणा, आगामी दिनको रणनीतिका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

कांग्रेस, एमालेसहितका दलहरूले निर्वाचनको मिति घोषणा गर्न दबाब दिइरहेका छन् । उता, प्रमुख विपक्षी दल एमालेको अबरोधका कारण अलपत्र परेको संविधान संशोधनको विधेयकलाई पारित गराउन मधेसी मोर्चाले दबाब दिइरहेको छ । मोर्चाले यस्तै अवस्था रहेमा फागुनबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति: Jan 31, 2017

प्रतिक्रिया दिनुहोस्