Logo
१५ चैत्र २०८०, बिहीबार
(January 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन स्वाथ्यमाथी नांगो साबुनको हमला कहिले सम्म ?

काठमाडौं, १५ माघ । पछिल्लो समय नांगो साबुनको खुबै चर्चा छ । अहिले धेरै उपभोक्ता लुगा धुन खोलबिहीन (नांगो) साबुन प्रयोग गर्छन् ।

साबुनकै कारण नराम्रोसँग हात फुट्ने समस्या यतिबेला बिकराल बनेको छ । फुस्रो र पट–पट फुटेका हात नांगो लुगा धुने सबुनले फुटाल्दा राज्य संयन्त्र कमजोर रुपमा प्रस्तुत बनि नांगो साबुनको विक्रि वितरणमा प्रतिवन्ध लगाउन सकेको छैन् ।

धेरैलाई नागरिकलाई यसबारे थाह छैन् तर विज्ञहरुले गुणस्तरहीन नांगो साबुन प्रयोग गरेपछि छाला फुटिरहेको र यसले जनस्वाथ्यमाथी गम्भिर असर गरेको बताएका छन् ।

रामेछापकी निशा परियारलाई आजभोलि साबुनबाट एलर्जि हुन थालेको छ । उनलाई साबुनले छालामा ल्याएको समस्याबारे खासै वास्ता छैन तर, उनलाई आजभोलि बजारमा पाइने साबुनप्रति नै विश्वास छैन ।

निशा लुगा धुनुअघि अनिवार्य रुपमा सर्फमा आधा घण्टा कपडा भिजाएर मात्रै साबुन लगाउँछिन् । साबुनले मात्रै त कपडाको मैलो जति घोटेपनि नजाने र कोही साबुनबाट त फिँज नै नआउने उनको अनुभव छ ।

उनका अनुसार अहिले मैले निखार्ने साबुननै भेटिन गाह्रो छ । पहिले–पहिलेका साबुन त हत्तपत्ति नगल्ने र अहिले कुनै साबुन त ५ वटा कपडामा दल्दा नै सकिने गरेको उनको भनाई छ ।

समस्या जति बढेपनि नांगा साबुनमा प्रयोग गर्ने क्रम रोकिएको छैन । यसैविच, पछिल्लो समयमा गुणस्तरमा ध्यान नै नदिई उत्पादन गरिएका साबुनका कारण उपभोक्ता ठगिएका छन् ।

यस्तै साबुनका कारण छालाका रोगहरु पनि बढ्दै गएका छन् । छाला फुट्ने, चिलाउने, एलर्जि आउने, कालो हुने, फुस्रो हुने र विभिन्न घाउ खटिरासमेत आउने समस्या यस्तै साबुनले निम्त्याएको छ ।

अनामनगर काठमाडौंकी राधा बस्नेतले नांगो सबुनले लुगा धुदाँ हात पट्पटतै फुटेको बताइन् । समाचार स्रोतका अनुसार नांगो साबनमा अधिकतम बोसो मिसईलदाँ विभिन्न छाला सम्वन्धि समस्या देखिने र साबुन नखप्ने गरेको पाइएको छ ।

यसरी नांगो सबुनले जनस्वाथ्यमाथी आफ्नो दादगीरि स्वरुप हवला दिदाँ राज्य संयन्त्र मौन छ । उपभोक्ताहरुले नांगो साबुनको परिक्षण गरि बजारमा लैजान सरकारले अनुमती दिनुपर्ने बताउँछन् ।

सरकारी संयन्त्रले भने यसबारेमा हाल सम्म कुनै कामै गर्न सकेको छैन । केही समय अघि नांगो साबुनले जनस्वाथ्यमाथी धावा बोल्दै राष्ट्रिय स्तरका पत्रपत्रिका मिडियाहरुलाई विज्ञापन दिएर आफ्नो गलत प्रचार नगर्न रोकेको प्रमाण न्यूज अभियानले राखेको छ ।

प्रकाशित मिति: Jan 28, 2017

प्रतिक्रिया दिनुहोस्