Logo
१३ बैशाख २०८१, बिहीबार
(January 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक र राजनीतिक संकट आउन नदिने केपी ओलीको उद्घोष

चितवन, १५ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक र राजनीतिक संकट आउन नदिने उद्घोष गरेका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरेर देशमा संवैधानिक र राजनैतिक संकट आउन नदिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन हुन सकेन भने संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को समय सकिने भन्दै उनले संसद् सदस्य नरहेमा प्रधानमन्त्रीको पद रिक्त हुने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने,‘ प्रधानमन्त्री वा सरकार बनाउन संस्था र प्रक्रिया चालु नभएका बेला काम चलाउ भन्न पनि नमिल्ने गम्भीर समस्या पैदा हुन्छ । त्यसकारण समयभित्रै निर्वाचन हुनुपर्छ, हामीले भनेका छौँ, हाम्रो सबैभन्दा बढी जोड मुलुकमा संवैधानिक र राजनीतिक संकट नआओस् भन्ने हो ।’

समयमै निर्वाचन नभए नेपाली जनताले यस कुरालाई स्वीकार्न नसक्ने भन्दै उनले निर्वाचन घोषणा गर्नुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । जटिलताको वहाना बनाएर निर्वाचन नगर्ने प्रयासहरु भइरहेको भन्दै उनले निर्वाचन निवार्चन जुनसुकै हालतमा हुनुपर्ने बताए ।

अर्काे एक प्रसंगमा अध्यक्ष ओलीले संविधान संशोधन अनावश्यक, अनुचित र हानिकारक भएको भन्दै यो प्रस्ताव देशको हितमा नरहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति: Jan 28, 2017

प्रतिक्रिया दिनुहोस्