Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से ९० दसमलव सात अंकले घट्यो, सातामा दुुई खर्ब २२ करोडको सेयर बिक्री

काठमाडौं, १४ माघ । यो साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९३६० कारोबारबाट दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार रुपैयाँ बराबरका ६६ लाख ६७ हजार एक सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो ।

गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १४७८५ कारोबारबाट एक अर्ब ८५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरका एक करोड १३ लाख १८ हजार दुई सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९०.७ अंकले घटेर अन्तिम दिन १३७५.१४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १९.७५ अंकले घटेर २९८.४८ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम ३६ करोड ३० लाख ८० हजार रुपैयाँको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या १८ लाख ५६ हजार कित्ता  को आधारमा पनि प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या १६५० वटाको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता नेपाल स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

समुुहगत परिसुचकहरुको उतार चढाव

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु :

सातामा सुचिकृत सेयर

प्रकाशित मिति: Jan 27, 2017

प्रतिक्रिया दिनुहोस्