Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचनसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौं, १४ माघ  । संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ।मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको अवस्थामा तेस्रो विधेयक संसदमा पेश गर्न परिपक्व भएको हो।
राज्य व्यवस्था समितिबाट पारित भएको यो विधेयक अब संसदमा पेश हुनेछ। संसदमा छलफल भएर पारित भएपछि यसले कानुनको रुप लिनेछ।

समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो ।संसदले दुई दिन अघि संघीय संरचनाअनुसारका निर्वाचनसम्बन्धी दुई विधेयक पारित गरेको थियो ।

मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको अवस्थामा तेस्रो विधेयक संसदमा पेश गर्न परिपक्व भएको हो ।सरकारले निर्वाचनसम्बन्धी पाँच विधेयक संसदमा दर्ता गराएको थियो। स्थानीय तहको निर्वाचनसम्बन्धी विधेयक र दलसम्बन्धी विधेयक अझै राज्य व्यवस्था अन्तर्गतको उपसमितिमा छलफलका क्रममा छन्।

प्रकाशित मिति: Jan 27, 2017

प्रतिक्रिया दिनुहोस्