‘सप्टवेयर ह्याक’: जिओनी मोवाइल प्रयोगकर्ताहरु सावधान !
काठमाण्डौ, १४ माघ । स्मार्ट मोवाइलहरु मध्ये ब्यट्री निकै टिक्ने मोवाइलको रुपमा चिनएिका जिओनी मोवालधनीहरुलाई अब समस्या भएको छ ।
हिजोराती अचानक उक्त मोवाइलको सर्वर सप्टवेयर ह्याक हुदा जिओनी मोवाइल चलाउनेहरु समस्यामा परेको हो ।
हिजो राती देखि नै नयाँ मोडेलका सबै मोवाइलहरु आपसेआप बन्द भएको छ भने कुनै–कुनै मोवाइलमा कुनैपनि एप्सहरु नचल्ने भएको छ ।
हिजोराती १२ बजेर २३ मिनटमा सप्टवेर ह्याक भएको जिओनी मोवाइल कम्पनिका एक जना संचालक आर माडोलले ट्वीट गरेर जानकारी गराएका छन । उनले ट्वीटरमा तत्काल कामचलाउका लागि अन्य सप्टवेर प्रयोग गर्न सकिने तर केहि समय ग्राहाकलाई समस्या हुने बताएका छन ।
काठमाण्डौ स्थित सिटिसी सेन्टरको पाचौ तल्लामा रहेको जिओनी सेन्टरमा बिहानैदेखि भिड लागेको छ । अचानक मोवाइल अफ वा नचल्ने भएपछि बिहानै देखि जिओनी उपभोक्ताहरु सेन्टर पुग्ने क्रम सुरु भएको हो ।
त्यहाँ स्थित अपरेटरहरुले जिओनी सप्टवेयरको विश्वस्तरमै यस्तो समस्या आएको भन्दै तत्काल काम चलाउका लागि अर्को सप्टवेयर हाल्दै जिओनी प्रयोगकर्ताहरुलाई मनाउने गरेका छन् ।