Logo
१५ चैत्र २०८०, बिहीबार
(January 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक रेमिट्यान्सले कतिदिन चलाउने सरकार ?

काठमाडौं, १४ माघ । यतिवेला वैदेशिक रोजगारले नेपालका गाउँबस्ती सारा खाली बनि सके । राज्य वैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई हटाउनुको सट्टा नेपाली युवालाई खाडीमा पठाउन आर्कषक योजना बनाउने ध्यानमा तल्लिन छ ।

विदेशमा रहेको युवा जनशक्तिलाई स्वदेश ल्याएर देश निर्माणमा लगाउनुको सट्टा प्रचण्ड सरकारले उनीहरुलाई उतै मर्न उक्साउने नीति ल्याएपछि अझ वैदेशिक रोजगार डरलाग्दो बन्ने देखिएको हो । यसैक्रममा गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारमा जानेहरुको सुविधाका लागि भन्दै ल्याएको १४ बुँदे घोषणामा कामदारहरुलाई काम गरेर कमाउने भन्दा पनि मर्न हौस्याइएको छ ।

बैदेशिक रोजगारीमा जानेहरुको मृत्यु भएका बीमा र क्षतिपूर्ति वापत २७ लाख पाउने भन्दै सरकारले चर्को प्रचार गरिरहेको छ । विदेशमा मृत्यु हुँदा ठुलो रकम पाइने भन्दै प्रचार गर्नुको अर्थ कामदारलाई मर्न उकास्नु पनि हुनसक्ने टिप्पणी गर्न थालिएको छ । खाडी र मलेसिया जाने एउटा नेपालीलाई २७ लाख कमाउन दश वर्ष भन्दा बढी समय लाग्न सक्छ । तर उनीहरु फ्याट मरिदिए भने परिवारले एकमुष्ठ २७ लाख पाउने भए । यसै पनि खाडी र मलेसियामा हुने नेपालीहरुमा ठुलो निराश्य छ ।

भोली काम गर्नेको भन्दा मर्नेको संख्या बढ्न थाल्यो भने के अवस्था होला । त्यसमाथि को जिम्मेवार ? प्रचण्ड सरकारले जिम्मेवार लिन सक्छ त ? अझ सरकारले भारत जानेहरुले पनि रोजगार अनुमति लिनुपर्ने भन्दै घोषणा गरेको छ । यस्तो अव्यवहारीक नीति कहिले पनि व्यवहारीक हुन नसक्ने कतिपय जानकारहरुको तर्क छ ।

प्रकाशित मिति: Jan 27, 2017

प्रतिक्रिया दिनुहोस्