Logo
२६ बैशाख २०८१, बुधबार
(January 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रद्धाञ्जलिका लागि यम बुद्धको शव एकेडेमीमा 

काठमाडौं,१३ माघ  । चर्चित र्‍यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ । इत्तेहाद एयरलाइन्सबाट ल्याइने शवलाई सोही दिन ४ बजेदेखि श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।

श्रीमतीसहित लण्डनमा बस्दै लोकप्रिय र्‍यापरले माघ १ गते आत्महत्या गरेका थिए । २९ वर्षीय उनको शव लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो।

एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका उनी ‘साथी’ नामक गीतबाट युवा माझ प्रसिद्ध भएका थिए। सामाजिक विविध पाटा जोड्दै र्‍याप ब्याटलमा प्रस्तुत गर्न माहिर उनका ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ एल्बम प्रकाशित छन्। पछिल्लो समय उनी ‘खतरा’ एल्बमको तयारीमा थिए।

‘फ्यानको इच्छा बमोजिम परिवारले शव ल्याउने सबै प्रक्रिया पूरा भएको छ’, यम बुद्धका आफन्त रेश महरठ्ठाले भने, ‘शनिबार ४ बजे काठमाडौं विमानस्थल आइपुग्ने शव त्यस त्यहाँबाट सिधै श्रद्धाञ्जलिका लागि प्रज्ञा भवन लगिनेछ।’ सोही दिन पशुपतिनाथमा उनको अन्त्येष्टि गरिनेछ ।

 

प्रकाशित मिति: Jan 26, 2017

प्रतिक्रिया दिनुहोस्