Logo
११ बैशाख २०८१, मंगलबार
(January 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको १५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन् । उनले नेपाली राजनीतिमा देखिएको गतिरोध तत्कालै अन्त्य हुने दाबी समेत गरे । सबैदलहरु निर्वाचनमा सहभागी हुने गरी माहोल बन्दै गइरहेको भन्दै उनले थपे, ‘यो गतिरोध अब धेरै लामो समय सम्म चल्दन, चाँडै अन्त्य हुन्छ ।’

नेपाल प्रेस युनियन दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘अबको १० देखि १५ दिनभित्रमा तिन तहको निर्वाचन गर्नेगरी मिति घोषणा हुन्छ ।’ २०७४ माघसम्ममा तीन तहको निर्वाचन गरिसक्ने विश्वास दिलाएका देउवाले निर्वाचनका लागि सहयोग गर्न पनि अपिल गरे । स्थानीय निर्वाचन संविधान कार्यान्वयनको उत्तम बाटो भएको भन्दै उनले यसका अबको एकवर्ष भित्रमा स्थानीय निर्वाचन भइसक्ने दाबी गरे ।

यस्तै पार्टी उपभासपति मनोनयनको बिषयमा उनले पार्टीभित्रको आन्तरिक गृहकार्यपछि यसको टुंगो लाग्ने बताए । नेता खुमवहादुर खड्कालाई उपसभापति मनोनयन नगर्ने दाउमा रहेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘यो मेरो व्यक्तिगत इच्छाको कुरा होइन, पार्टीको निर्णयले जे भन्छ, त्यही हुने हो ।’

प्रकाशित मिति: Jan 26, 2017

प्रतिक्रिया दिनुहोस्