Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३६ अंकको उच्च गिरावट पश्चात नेप्से १३ सयमा झर्यो – तालिकासहित

काठमाडौं, १२ माघ । साताको चौथो दिन आज बुुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट देखिएको छ । आज नेप्से ३६ दसमलव ३८ अंकले घटेर १३ सय ९६ दसमलव ६१ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि सात दसमलव ८९ अंकले घटेर तीन सय तीन दसमलव २० अंकमा कायम रहेको छ ।

आज कुल एक सय ३५ कम्पनीहरुको चार हजार पाँच सय ३८ वटा कारोवारमा १७ लाख सात चार हजार पाँच सय ८२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ५९ करोड २८ लाख ६० हजार दुुई सय ५४ रुपैयाँ पुुगेको छ ।

आज पनि आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक दुुई सय ६७ दसमलव ४१ अंकले घटेर छ हजार तीन सय ८५ दसमलव २९ अंकमा कायम रहेकोमा ११ करोड ४३ लाख ३६ हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैक समुहको सुचक ३६ दसमलव १४ अंकले घटेर १३ सय ३१ दसमलव ८९ अंकमा कायम रहेकोमा २० करोड ३८ लाख नौ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक ५१ दसमलव ४९ अंकले घटेर १६ सय २४ दसमलव १५ अंंकमा कायम रहेकोमा १० करोड छ लाख १९ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ ।

यसैगरी होटल समुहको सुचक ५८ दसमलव ५६ अंकले घटेर १७ सय ८० दसमलव ८७ अंंकमा कायम रहेकोमा २० लाख ८६ हजार आठ सय ४० रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक २९ दसमलव २६ अंंकले घटेर १४ सय ५६ दसमलव ८७ अंकमा कायम रहेकोमा पाँच करोड २३ लाख ३४ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ ।

आज फाईनान्स र अन्य समुुहको सुचक पनि  उच्च अंकले घटेको छ भने उत्पादनमुुलक समुहको सुचक १२ दसमलव ६१ अंकले बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा गरिमा बिकास बैंक  परेको छ भने गुुमाउने कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने रकम कारोवारका आधारमा प्रभुु बैकको संस्थापक सेयर अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य  बढेको मुल्य
गरिमा बिकास बैंक      ३८६ २.६६
२  युनिलिभर नेपाल लिमिटेड    २८६५१  २
कुुमारी बैैंक    ५३४    ०.९५
४  एनएमबी माईक्रो फाईनान्स     १४५० ०.६२
तिनाउ बिकास बैंक     ३९०  ०.५२

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य  घटेको मुल्य
राष्ट्रिय बीमा कम्पनी    ११९७०    १०
नेरुडे लघुबित्त बिकास बैंक     १२१७  ९.९८
३  बरुण हाईड्रो पावर        २५० ८.७५
सगरमाथा फाईनान्स       २३३ ८.२६
राष्ट्रिय बीमा कम्पनी संस्थापक   ११६५०    ७.३७

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको रकम  अन्तिम मुल्य
१  प्रभुु बैंक (संस्थापक)      १७११८२६४८ १९१
२  नेपाल लाईफ इन्स्योरेन्स   २३३८६५३६  २५१५
३  नेपाल इन्भेष्टमेन्ट बैंक    २३०१२६८४  ६७५
४  नेपाल बंगलादेश बैंक     १९१९०६६४ ६९६
 प्रभु बैंक     १९००२२३७  ३०९

प्रकाशित मिति: Jan 25, 2017

प्रतिक्रिया दिनुहोस्