Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले सहयोग गरेन

काठमाडौं, ११ माघ । नेपाल प्रहरीले भारतीय नाकाबाट आयात हुने लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले असहयोग गरेको गुनासो गरेको छ ।

प्रहरीले भरतीय नाका हुदै नेपाल भित्रने लागूऔषध नियन्त्रणको लागि भारतीय सुरक्षा अधिकारीसमक्ष आग्रह गरेपनि भारतीय पक्षले गम्भीर रुपमा नलिएको नेपाल प्रहरीका उच्च अधिकारीले बताएको छ ।

लागूऔषध नियन्त्रणका लागि दुई देशको सुरक्षाकर्मीबीच सहकार्य गर्न परराष्ट्र मन्त्रालयले कूटनीतिक रुपमा पहल गर्नुपर्ने अपराध अनुसन्धान विभाग पहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्माको भनाइ छ ।

प्रहरीका अनुसार नेपाल भारत सीमा क्षेत्रबाट विशेष गरी मेडिकल ड्रक्स भित्रने गरेको छ । खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: Jan 24, 2017

प्रतिक्रिया दिनुहोस्