Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक व्यापार घाटा किन चुलिदैछ ?

 काठमाडौं,८ माघ । पछिल्लो समय वैदेशिक व्यापार घाटा निकैनै चुलिदैं गएको छ । आयातको तुलनामा निर्यात खुम्चिँदै गएपछि नेपालको वैदेशिक व्यापार घाटा चुलिएको हो ।

चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ३ खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको तुलनामा आयात ७८.९ र निर्यात १७ प्रतिशत मात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष व्यापार घाटा ८७ प्रतिशत बढेको छ ।

मंसिरसम्ममा भारत र चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी कुल ३ खर्ब ८२ अर्ब ६४ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस अवधिमा नेपालबाट भारत, चीन र तेस्रो मुलुकमा गरी कुल ३० अर्ब ६३ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

५ महिनामा ४ खर्ब १३ अर्ब २७ करोड ४१ लाख रुपैयाँको वैदेशिक व्यापार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । कुल व्यापारमा निकासीको ७.४ र आयात ९२.६ प्रतिशत हिस्सा छ । निर्यातको तुलनामा आयात अत्यधिक बढेको छ । समीक्षा अवधिमा भारततर्फ निकासी २२.६ प्रतिशत बढेर १७ अर्ब रुपैयाँ नाघेको छ ।

चीनमा निकासी ५५.३ प्रतिशत बढेर ७ अर्ब ४४ करोड २० लाख रुपैयाँ पुगेको छ । यस्तै, तेस्रो मुलुकतर्फ ८.९ प्रतिशत बढेर १२ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । भारतबाट हुने आयात १०५.८ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

चीनबाट ४३ प्रतिशत बढेर ५३ अर्ब १९ करोड ३५ लाख रुपैयाँ छ भने तेस्रो मुलुकबाट ४३.८ प्रतिशत बढेर ७९ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको छ । कुल व्यापार घाटामध्ये भारतसँग मात्र २ खर्ब ३३ अर्ब ३४ करोड छ ।

प्रकाशित मिति: Jan 21, 2017

प्रतिक्रिया दिनुहोस्