संचारमन्त्री र संचारकर्मी बिच सिंहदरबार के भयो ?
काठमाडौं, ६ माघ । संचारमन्त्री र संचारकर्मी बिच सिंहदरबार भित्रै बिहिबार घोचपेच भएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मन्त्रीपरिषद्को बैठक पछि निर्णय सुनाए ।
जव सुचनामन्त्रीसँग पत्रकारले मन्त्रिमण्डल विस्तारबारे जिज्ञासा राख्ने क्रममा हैसियत नभएका दलहरुलाई पनि सरकारमा सहभागी गराउन लागेको भनेका थिए ।
जवाफमा मन्त्री कार्कीले पत्रकारले दलहरुको हैसियतको कुरा गर्न नमिल्ने कडा जवाफ दिए । ‘प्रधानमन्त्रीले हैसियत नभएका पत्रकारहरु भन्दा तपाईंहरुले खेद्ने, अनि अहिले तपाईंहरुले दलहरुको हैसियतको कुरा गर्ने ?’
प्रतिप्रश्न गर्दै मन्त्री कार्कीले भने, ‘पत्रकारले दलहरुलाई हैसियत नभएको भन्न मिल्दैन । एक सिट भएकालाई समेत मन्त्री बनाउनु त प्रधानमन्त्रीको महानता हो नि !’
सो अवसरमा उनले मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । कार्कीले संसदमा एक सिट रहेका दललाई पनि सरकारमा सहभागी गराउनु प्रधानमन्त्रीको महानता भएको बताएका थिए ।