Logo
१२ श्रावण २०८१, शनिबार
(January 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से दुुई अंकले घट्यो, बाँणिज्य बाहेक सबैले गुमाए – तालिकासहित

काठमाडौं, २ माघ । साताको पहिलो कारोवार दिन आईतबार ने नेप्से ऋणात्मक देखिएको छ । आज नेप्से दुई दसमलव १४ अंकले घटेर १४ सय ७७ दसमलव ७२ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमल शुन्य नौ अंकले घटेर तीन सय २० दसमलव पाँच अंकमा कायम रहेको छ ।

आज कुुल एक सय २२ कम्पनीहरुको २३  सय ७१ वटा कारोवारमा चार लाख ८८ हजार तीन सय ८५ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम २७ करोड ५३ लाख २९ हजार आठ सय ८७ रुपैयाँको कारोवार भएको छ ।

आज साता वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक बाहेक सबै समुहले गुुमाएकाछन । बाँणिज्य बैंक समुहको सुचक आज एक दसमलव ५९ अंकले बढेर १४ सय १९ दसमलव ७९ अंकमा कायम रहेकोमा १७ करोड ८५ लाख चार हजार रुपैयाँको कारोवार भएको छ ।

सबै भन्दा उच्च अंकले घटेको बीमा समुहको सुचक ४४ दसमलव ५२ अंकले घटेर छ हजार आठ सय ९० अंकमा कायम रहेकोमा छ करोड १७ लाख ५८ हजरा रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक १७ दसमलव ५९ अंकले घटेर १७ सय २९ दसमलव ६३ अंकमा कायम रहेकोमा ३६ लाख ३३ हजार ९० रुपैयाँको कारोवार भएको छ । बिकास बैंक समुहको सुचक  छ दसमलव ९६ अंकले घटेर १५ सय ११ दसमलव ९७ अंकमा कायम रहेकोमा एक करोड ६३ लाख ३२ हजार नौ सय रुपैयाँको कारोवार भएको छ ।

आज होटल, फाईनान्स र अन्य समुहको सुचक पनि क्रमश ११ दसमलव ८४, दुुई दसमलव नौ र शुन्य दसमलव २९ अंकले घटेको छ । यसैगरी आज बढी कमाउने कम्पनीको सुचीमा स्टान्र्डड चार्टड बैंक परेको छ । बैंकको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर २१ सय ९७ रुपैयाँमा कारोवार भएको छ । गुुमाउने कम्पनीको सुचीमा प्रभुु बैक परेको छ भने रकम कारोवारका आधारमा पनि स्टान्र्डड चार्टड बैंक नै अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम   कारोवार भएको मुल्य बढेको मुल्य
 स्टान्र्डड चार्टड बैंक     २१९७  ९.९६
हाम्रो बिकास बैंक     ४३०  ७.५०
३  भार्गभ बिकास बैंक  nbsp;  ३९२   ५.६६
 लक्ष्मी बैंक     ७८४   २.७५
५  देव बिकास बैंक    २११   २.४३

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य  घटेको मुल्य
प्रभुु बैंक    ३९५     ९.८१
सहयोगी बिकास बैंक      ३३३  ८.७६
३  सगरमाथा इन्स्योरेन्स कम्पनी      ११६० ४.७६
प्राईम कर्मसियल बैंक       ४१५ ४.५९
प्राईम लाईफ इन्स्योरेन्स    १६२२   ४.०२

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम  अन्तिम मुल्य
१  स्टान्र्डड चार्टड बैंक     ४५५५४३०२ २१९७
 सिद्धार्थ बैंक      २४०९२५५२ १००३
 लक्ष्मी बैंक     २२८३७१४७  ७८४
नेपाल लाईफ इन्स्योेरेन्स    १७२२३५६४ २८०५
शिखर इन्स्योरेन्स कम्पनी    १६४६८१०५ २१३५

प्रकाशित मिति: Jan 15, 2017

प्रतिक्रिया दिनुहोस्