नेपाली काग्रेसमा उपसभापति पदमा रमिता
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी उपसभातिमा आफू मनोनीत हुने दाबी गरेका छन् । गएको कांग्रेस महाधिबेशनमा शेरबहादुर देउवाले आफु शभापति जिते खुमबहादुर खड्कालाई उपसभापति बनाउछु भनेको पदमा अहिले रमिता चलेको छ ।
महाधिबेशन सकिएको झण्डै एक बर्ष पुग्न लाग्दापनि देउवाले खड्कालाई सहमती अनुसार उपसभापतिको पद जिम्मा नलगाए पछि अन्योल बढेको हो ।
नेपाली रेडियो नेटवर्कमा शुक्रबार पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता श्रेष्ठले भने, ‘सभापति शेरबहादुर देउवासँगको कुराकानीका बेला मलाई उपसभापति नियुक्त गर्छु ।
तपाईलाई नियुक्त गर्दा सबैको समर्थन हुन्छ भन्नुभएको छ ।’ विमलेन्द्र निधिले उपसभापतिमा दाबी गरिरहेका छन् नि रु भन्ने प्रश्नमा नेता श्रेष्ठले भने, ‘उहाँले दाबी गर्नुभएको होला १ तर मनोनीत मलाई गर्ने सहमति भएको छ ।’
उपसभापतिमा नियुक्त गरे कांग्रेसका अन्य साथीहरूलाई मिलाएर लैजान आफू सक्षम रहेको श्रेष्ठले बताए । उपसभापतिमा दाबी गरिरहेका सबै नेताहरूले आफ्ना लागि सहयोग गर्ने उहाँको भनाइ छ ।
खुमबहादुर खड्कालाई पन्छाउँदै उपसभापतिमा विमलेन्द्र निधिले दाबी गरिरहेका बेला देउवा गुटकै प्रभावशाली नेता श्रेष्ठले सो पदमा आफ्नो दाबी अगाडि सारेका हुन् ।