Logo
११ बैशाख २०८१, मंगलबार
(January 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस: सहरी विकास मन्त्रीको कमाउ धन्दा !

काठमाडौं, २८ पुस । नागरिकलाई सभ्य संस्कार सिकाउनु पर्ने सहरी विकास मन्त्री अर्जुनरसिंह केसी नै संसद भवनभित्र नै सुर्ती खाएर पिच्च पारेर विवादमा आएका छन् । संसदभित्र नै सुर्ती फ्ँयाकेर चर्चामा आएका मन्त्री केसी अहिले बाँकी रहेको तीन महिनाको अवधिमा ठूलो आर्थिक जोहो गर्ने योजनामा जुटेको सहरी विकास मन्त्रालयका एक कर्मचारी बताउँछन् ।

यसअघि सहरी विकास तथा भवन निर्माण विभागले करारमा मागेको प्राविधिकहरुसँग प्रतिव्यक्ति २ लाख रुपैयाँ असुले पनि विभागले लिखित र मौखिक परीक्षा गरेर योग्य व्यक्तिलाई छानेको थियो । तर विभागले योग्य व्यक्तिलाई पास गराउँदा मन्त्रीले पैसा असुल गरेका आधा मान्छे छुटेका थिए । असुल गरेको पैसा फिर्ता गर्नु परेको झोँकमा मन्त्री केसीले सहरी विकास विभागका महानिर्देशक रमेशप्रसाद सिंहलाई नै काजमा बोलाएका थिए । डेढ महिना बितिसक्दासमेत मन्त्री केसीले विभागमा नयाँ महानिर्देशक पढाउन सकेका छैनन्, खबर तामाकोशीमा छ ।

मोटो रकम बुझाउने व्यक्ति नआउँदा केसीले सिंहलाई नै पठाउने तयारी गरे पनि विभागकै विभागकै उपहानिर्देश शिवहरि शर्मालाई बनाउने तयारीमा जुटेका छन् । मोटो रकम पठाउने सर्तमा मन्त्रीले शर्मालाई नै महानिर्देशक बनाउने मन्त्रालयमा टिप्पणी उठाउन लगाएको ती कर्मचारीले बताए । उनका अनुसार शर्माले मोटो रकम बुझाएर महानिर्देशक बन्ने इच्छा देखाए पनि मन्त्रीले डेढ महिनादेखि हुन्छ हुन्छ भनेर हालका महानिर्देशक सिंहलाई धोका दिएको चर्चा मन्त्रालयमा चल्न थालेको छ । चार महिनाको अवधिमा निकै विश्वासनीय ढंगबाट मन्त्रीको काम गर्दा पनि सुरुवा गर्दा मोटो रकम पाइने लोभमा मन्त्री केसीले महानिर्देशक परिवर्तनको खेल अगाडि सारेको बताइएको छ ।

सहरी विकास विभागका कर्मचारी अहिले मन्त्रीको कारण हैरान भएका छन् । नुवाकोटमा मान्छेलाई ठेक्कापट्टा पार्नेदेखि कन्सलटेन्सीलाई ठेक्का दिनका लागि पनि मन्त्रीको सिफारिस हुने गरेको छ । विभागमा अनावश्यक कोटा खडा गरेरसमेत मन्त्रीले आफ्ना मान्छेलाई जागीरसमेत खुवाउन भ्याएका छन् । विभागका एक अधिकृत भन्छन्, ‘मन्त्रीका मान्छेलाई जागिर खुवाउने कि जागिर जोगाउने निकै समस्या छ ।’ मन्त्रीको नातेदारसमेत अहिले विभागमा तेल हाल्न जाने गर्दा कर्मचारी निकै हैरानमा परेका छन् ।

प्रकाशित मिति: Jan 12, 2017

प्रतिक्रिया दिनुहोस्