Logo
१३ बैशाख २०८१, बिहीबार
(January 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिलाले महिला बलात्कार गरेको नजीर

काठमाण्डौ,२८ पुस । २०६७ सालमा लाक्पा र यमुनावीच प्रेम भयो र यौन सम्पर्क पनि गरे । तर समाजमा हल्ला चल्यो, लाक्पा केटा होइन, केटी हो । लाक्पाको यौनाङ्ग परिक्षण हुँदा केटी प्रमाणित भएपछि मुद्दा चलेको हो । यही मुद्दामा सर्वोच्च अदालतले पहिलोपल्ट महिलाले महिला बलात्कार गर्छन् भन्ने नजीर कायम गरेको छ ।

संखुवासभा जिल्ला अदालत हुँदै सर्वोच्च पुगेको जबरजस्ती करणी मुद्दामा सर्वोच्चले यस्तो नजीर कायम गरिदिएको हो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई बलात्कार गर्नसक्ने व्याख्या गरेको हो ।

सरकारवादी भई लाक्पा शेर्र्पा्विरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ । अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि भएको छ ।

पहिलोपल्ट जबर्जस्ती करणी कायम हुनको लागि प्राकृतिक लिङ्ग मात्र नभई अन्य वस्तुको पनि प्रयोग हुनसक्छ भन्ने अवधारणालाई स्वीकार गरिएको छ ।

प्रकाशित मिति: Jan 12, 2017

प्रतिक्रिया दिनुहोस्