Logo
१९ बैशाख २०८१, बुधबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनाबाट बच्यो विमान: अवतरणका क्रममा टायर पन्चर

नेपालगञ्ज, २७ पुष । मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्च विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार टायर पन्चर भएको छ । नेपालगञ्जबाट विहान सवा दश बजे १५ यात्रु बोकेर आएको नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयरको ट्विनअटर जहाज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्ने क्रममा पछाडिको दायाँ टायर पन्चर भएको विमानस्थल प्रहरीलाई उधृत गर्दै जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नेपालगञ्जबाट पुन तारा एयरको ट्विनअटरले गामा एयरका प्राविधिक र टायर रारा विमान स्थलमा ल्याए पछि जहाज दिउसो सवा दुई बजे मात्र नेपालगञ्ज फर्किएको छ । टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । थप जानकारी लिन नेपाल नागरिक उड्ययन कार्यालय रारा ताल्च विमान स्थलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्