Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीईओ सुशील ज्ञवाली बर्खास्त, पुनः डा. गोविन्द पोखरेल नियुक्त

काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ शुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

सरकारले ज्ञवालीलाई बर्खास्त गरेर गोविन्द पोखरेललाई नयाँ सिईओमा नियुक्त गरेको छ । पोखरेल नेपाली कांग्रेस निकट मानिन्छन् ।सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पुनः डा. गोविन्द पोखरेललाई नियुक्त गरेको हो । उक्त पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर सरकारले डा. पोखरेललाई नियुक्त गरेको हो।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेललाई प्राधिकरण सिईओमा नियुक्त गरेको हो। काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग दुईपटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए भने पोखरेल सुशील कोइराला प्रधानमन्त्री छँदा सिइओ नियुक्त भएका थिए।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्