Logo
२६ बैशाख २०८१, बुधबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओबामाको बिदाई मन्तव्य : आँशु थाम्न सकेनन् (भिडियो)

एजेन्सी, सिकागो । अमेरिकी राष्ट्रपति बाराक ओबामा बुधबार आफ्नो बिदाई मन्त्वय दिने क्रममा निकै भावुक देखिए । सिकागोमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पत्नी मिसेललाई धन्यवाद दिँदा उनले आँशु थाम्न सकेनन् । यति भनिरहँदा ओबामाको आँखा आँशुले भरिएको थियो । उनले गोजीबाट रुमाल निकालेर आँशु पुछे । सँगै उनकी जेठी छोरी पनि रोएको देखिएको थियो ।

‘मिसेल लभन रबिन्सन, दक्षिणतिरकी केटी, पछिल्ला २५ वर्षदेखि, तिमी मेरो पत्नीमात्र होइन, मेरो छोरीहरुको आमामात्र होइन, मेरो सबैभन्दा असल मित्र रहँदै आएकी छौँ’ ओबामाले भने, ‘तिमीले मसँग नमागेको जिम्मेवारी सम्हाल्नुपर्यो, तर त्यसलाई तिमीले कुशलतापूर्वक पूरा गर्यौँ ।’

राष्ट्रपति ओबामाले आफ्नो मन्त्वयको क्रममा प्रजातन्त्रमाथि चुनौती खडा भएको विषयमा बढी ध्यान केन्द्रीत गरेका थिए । यद्यपि, अहिलेको व्यवस्थाको आधारभूत कुरामा आफूलाई अझै विश्वास रहेको बताउँदै उनले आफ्ना समर्थकहरुलाई पनि परिवर्तन र अग्रगमन अझै सम्भव रहेकोमा विश्वास गर्न आग्रह गरेका थिए ।

उनले उपराष्ट्रपति जो विडेनलाई पनि ‘आफ्नो भाई’ भन्दै धन्वाद दिएका थिए । मिसेल ओबामाकोे तारिफ गर्दै बाराकले भने, ‘तिमीले ह्वाइट हाउसलाई सबैको बनायौँ । तिमीले मलाई र यो देशलाई निकै गर्वान्वित बनाएका छौँ ।’ ५५ वर्षीय ओबामा सन् २००८ मा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बनेका थिए ।

त्यतिबेला सिकागोबाटै उनले विजयी भएको घोषणा गरेका थिए । आज फेरि त्यही ठाउँमा पुगेर उनले आफ्नो बिदाई मन्तव्य दिए । आगामी २० जनवरीमा ओबामालाई विस्थापित गर्दै डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्