Logo
२६ बैशाख २०८१, बुधबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दी भाषा गंगा नदी जस्तै पवित्र: आपूर्ति मन्त्री 

काठमाडौ, पुस २६ ।  आपूर्ति मन्त्री दीपक बोहराले हिन्दी भाषा गंगा नदी जस्तै पवित्र रहेको बताएका छन् । हिन्दी भाषाले अनेक भाषालाई जोडेका कारण यो गंगा नदी जस्तै पवित्र रहेको उनको तर्क छ ।

हिन्दी दिवसको उपलक्ष्यमा नेपालका लागि भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले हिन्दी भाषाले अरु अरु भाषालाई जोडेर समृद्ध भएको धारणा राखे ।

‘हिन्दी वैज्ञानिक भाषा हो, यो भाषा जसरी बोलिन्छ, त्यसरी लेखिन्छ’ भन्दै उनले हिन्दी र नेपाली भाषा दिदी वहिनीको रुपमा रहेको उल्लेख गरे । प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख उषा ठाकुरले नेपालमा ९० प्रतिशतले हिन्दी भाषा प्रयोग गरेको दावी गरिन् भने डा.गंगाप्रसाद अकेलाले हिन्दी भाषा र साहित्यको शुरुवात नेपालबाट भएको दावी गरे ।

त्रिवि हिन्दी विभागकी श्वेता दिप्तीले भारतले नेपाली भाषाले मान्यता पाइसकेको भएपनि नेपालमा हिन्दी भाषालाई मान्यता दिन अनाकानी भएको धारणा राखिन् । हिन्दी भाषालाई नेपालमा कामकामकाजको भाषा बनाउनु पर्ने कुराको विरोध हुनुको कुनै तुक नरहेको समेत उनले टिप्पणी गरिन् ।

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्