Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा ११ अंकको बृद्धि तर कारोवार रकम घट्यो – तालिकासहित

काठमाडौं, २५ पुस । नेप्सेमा आज उच्च बृद्धि देखिए पनि कारोवार रकम भने आज घटेको छ । नेप्से बढेपनि सेयर किनबेच नै कम भएपछि स्वत कारोवार रकम घटेको हो । आज नेप्से ११ दसमलव ५२ अंकले बढेर १४ सय ५८ दसमलव ९७ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ पनि दुुई दसमलव ६४ अंकले बढेर तीन सय १५ दसमलव २६ अंंकमा कायम रहेको छ । आज कुुल एक सय १७ कम्पनीहरुको दुुई हजार चार सय ९३ वटा कारोवारमा चार लाख ३५ हजार तीन सय ८१ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम २६ करोड ४५ लाख ९१ हजार ३७ रुपैयाँ पुुगेको छ ।

आज सात वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक एक सय ४७ दसमलव ८३ अंकले बढेर छ हजार आठ सय छ दसमलव ९६ अंकमा कायम रहेकोमा सात करोड ६३ लाख ५४ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैक समुहको सुचक ११ दसमलव तीन अंकले बढेर १३ सय ९१ दसमलव अंकमा कायम रहेकोमा १२ करोड ५४ लाख १४ हजार रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत समुहको सुचक नौ दसमलव ९३ अंकले बढेर १७ सय २८ दसमलव ६६ अंकमा कायम रहेकोमा ७५ लाख ४६ हजार दुुई सय ६० रुपैयाँको कारोवार भएको छ । फाईनान्स र अन्य समुहको सुचक आज सामान्य अंकले बढेको छ ।

होटल र बिकास बैंक समुहको सुचक भने आज सामान्य अंकले घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा कर्णाली बिकास बैक परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा महालक्ष्मी बिकास बैक परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
कर्णाली बिकास बैंक २९८ ९.९६
एनबी इन्स्योरेन्स कम्पनी १०२१ ९.९०
भार्गभ बिकास बैंक ३८० ५.७५
 नेपाल लाईफ इन्स्योरेन्स कम्पनी २७७३ ४.४८
प्राईम कर्मसियल बैंक  ५०८ ३.६७

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
महालक्ष्मी बिकास बैंक  ३०६ ९.७३
न्यादी ग्रुुप पावर लिमिटेड २८२ ५.६८
अरुण फाईनान्स १७४ ४.३९
राप्तीभेरी बिकास बैंक ३५० ३.३१
साझा बिकास बैंक २४५ ३.१६

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी २८८०६३४६ २७७३
कुमारी बैंक १७०१०६६४ ५४९
 सिटिजन्स बैंक १२९८८४९८ ४८१
एभरेष्ट बैंक ९०५०८०७ १८५०
बैंक अफ काठमाडौ लुम्बिनी ८७०४०५६ ६१६

 

प्रकाशित मिति: Jan 9, 2017

प्रतिक्रिया दिनुहोस्