Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकमानतन्त्रको अवसानसँगै छट्पट्टिमा तस्कर !

काठमाडौं, २५ पुस । लोकतन्त्र र गणतन्त्रका शासकहरुको चाकडी गरि आफ्नोतन्त्र हावी बनाएका लोकमानसिंह कार्की यतिवेला ढलिसकेका छन् ।

सरकारी ओहोदामा रहँदा कहिल्यै विवाद रहित बन्न नसकेका कार्कीमाथी कहिले संसद त कहिले सर्वोच्च जाइलाग्यो । ‘स’ शव्द उनको लागि सधैँ शुभ रहन सकेन् । कार्कीले गरेका कतुर्त एकपछि अर्को गरेर निरन्तर आइरहे । हुनपनि कहिले जनआन्दोलन दबाउन तल्लिन त, कहिले पदीय आडमा भ्रष्टचारमा तल्लिन बनेका कार्की, पाप धुरीबाट कराउछ भनेझैँ उनको शासन अन्त्यका निम्ति सर्वोच्च अदालत पहिलो नम्बरमा उदायो ।

उनी विरुद्ध परेको मुद्दामाथी सर्वोच्चले उनको विपक्षमा फैसला गरिदिएपछि कार्की पदबाट मुक्त रहे । त्यस्तै संसदमा महाअभियोग प्रस्तावले पनि उनको तन्त्रलाई निष्तेज पार्न ठूलो सघाउ पुर्याएको देखिन्छ ।

यसरी लोकमानतन्त्रको अवसान भएसँगै उनीसँगै साठगाँठ गर्नेहरु यतिबेला छट्पट्टिमा छन् । लोकमानसँगको कनेक्समा तस्कर,प्रहरी,सरकारी उच्च ओहोदाका कर्मचारी थिए । तर उनको अवसानसँगै उनीहरुको हालीमुहाली कमजोर बनेको छ ।

कार्कीको साइनो तस्करसँग
मुलत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख कार्कीले नेपालका ठूला तस्करहरुसँग साठगाँठ थियो । त्यसमध्येका एक हुन दिपक मल्होत्रा ।

मल्होत्रालाई नचिन्ने मान्छे कमै छ । लोकमानको आवरणमा तस्करी गर्ने र कार्कीलाई कमिशनको पैसा बुझाउने मल्होत्रा हुन । यतीबेला मल्होत्रा लोकमानको अवसानसँगै छट्पट्टीमा परेका छन् ।

मल्होत्राले लोकमानकै आवरणमा राज्यका उच्च तहका अधिकारीहरुसँग साँठगाँठ गरेर आफ्नो तस्करीलाई बडवा दिर्दै आइरहेका थिए ।

मल्होत्राले लोकमानको अवरणमा तस्करी गरेर प्रहरीका अईजीपि,डिआईजीहरुलाई समेत रिजाउने गरेको समाचार स्रोत बताउँछ । आन्तरिक एक बैठकमा आईजीपी विज्ञानराज शर्माले मल्होत्राको खुलेरै प्रशंसा गरेको र मल्होत्राको नामलिदाँ आफूहरुले गर्व मान्नु पर्ने बताएका थिए ।

उच्च स्रोतका अनुसार, पूर्व एआइजी नवराज ढकाल,भिष्म प्रसार्इँसँग पनि मल्होत्राको राम्रो सम्बन्ध छ । मल्होत्राले उनीहरुलाई राम्रैसँग रिजाएका थिए ।

यस्तै, हालका एआइजी शर्माका भाई दया शर्मा, पनि मल्होत्राका नजिकको पात्रका रुपमा चिनिने गरेको समाचार स्रोत बताउँछ । मल्होत्राले दया शर्मासँग पार्टनरमा धेरै तस्करी गर्ने गरेका छन् । समाचार स्रोतका अनुसार, मल्होत्राको सशस्त प्रहरीका उच्च अधिकारीहरु,गृहमन्त्रीसँग पनि साठगाँठ रहेको बुझिन्छ ।

त्यस्तै मल्होत्राले प्रहरीमा हुने ठेक्कापट्टालाई जुनसुकै मुल्य चुकाएर भएनी आफ्नै हातमा पार्ने गरेका थिए । यदाकदा काम भएन भने लोकमानलाई लगाएर कारबाही गर्ने चेतावनी दिर्दै हिड्र्थे । यसरी लोकमानको आवरणमा ठूलो तस्करी हुने गरेको थियो ।

लोकमान पदबाट मुक्त भएपछि मल्होत्रा जस्ता ठूला तस्करहरु छट्पट्टीमा परिरहेको बेला मल्होत्रा जस्ता तस्करहरुको सम्पती शुद्धिकरण गर्न जरुरी रहेको जानकारहरु बताउँछन् ।-विजय दमासे (नेपाल)

प्रकाशित मिति: Jan 9, 2017

प्रतिक्रिया दिनुहोस्