Logo
२२ मंसिर २०७९, बिहीबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन विधेयक टेबल: विपक्षीले रोक्न सकेनन !

काठमाडौं, २४ पुष ।  प्रमुख प्रतिपक्ष सहित विपक्षी दलको अवरोधकाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक संसदमा टेबल गरेको छ । सरकार निर्वाचन समबन्धी विधेयक संसदमा पेश गर्न तयार भएपछि संसदको जारी अबरोध हटेको छ । एमालेसहितका विपक्षी दलले संसद अबरोधन नगरेपछि सरकारले स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गरेको छ।

कानुन मन्त्री अजय शंकरले नायकले विपक्षीको विरोधकाबीच संशोधन प्रस्ताव टेबल गरेका हुन्। मन्त्री नायकले संशोधन प्रस्ताव टेबल गर्दा विपक्षी दलले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए। गृहमन्त्री बिमलेन्द्र निधिकातर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गरेका हुन्। यसैगरी संसद बैठकले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध छलफलका क्रममा रहेको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गरेको छ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार एमालेले निर्वाचन सम्बन्धी कानुन र महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारसँग आग्रह गरेको हो। प्रमुख प्रतिपक्षको आग्रहलाई स्वीकार गर्दै सरकारले स्थानीय तह निर्वाचन विधेयक संसदमा दर्ता गर्ने सहमति भएपछि संसदको जारी अवरोध हटेको हो।

प्रमुख प्रतिपक्षसहितका विपक्षी गठबन्धनले लगातार संसद बैठक अबरोध गरेपछि सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेको थियो।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव अगाडि बढाउन सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका थिए। जवाफमा ओलीले निर्वाचन समबन्धी कानुन र अख्तियार निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन आग्रह गरेका थिए।

 

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्